दिपज्योती आमा समुहद्धारा दैविक प्रकोप व्यवस्थापन कोषमा ५ हजार सहयोग
नेपालबहस संवाददाता
साउन २, २०७७ शनिबार ०:२२:१७
◊ चुत्र महत
२ साउन, भीरकोट । कोरोना भाइरस ‘कोभिड १९’ र दैविक प्रकोपका कारण प्रभावित भीरकोट वासीहरुको लागि राहत होस भनी विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी रहेको छ ।
कोभिड १९ को रोकथाम र व्यवस्थापनको लागी भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी भीरकोट नगरपालिका वडा नं. ४ मा रहेको श्री दिपज्योती आमा समुहको तर्फवाट सचिव योशदा ढुङ्गाना र युवा नेता रुद्र ढुङ्गानाले रु ५ हजार नगर प्रमुख छायाराम खनाललाई प्रदान गरेका छन् ।
भीरकोट नगरपालिकाको राहत प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने रकम वुझ्दै प्रमुख खनालले कोभिड १९ र विभिन्न खाले विप्दवाट अति प्रभावित भीरकोटवासीको समस्यालाई नगरपालिका एकले मात्र सामाधान गर्न नसक्ने हुदाँ अन्य संघ सस्था र मनकारी व्यक्तिहरुले आफु सक्य सहयोग गर्नुपर्ने भन्दै अवको चरणको राहत वितरण कार्यलाई रोजगारी संग जोड्ने बताए । हाल सम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जिन्सी र रकम प्रदान गर्नुहुने संघ सस्था र मनकारी महानुभावहरुलाई प्रमुख खनालले धन्यवाद व्यक्त गरे ।
नगर पालिकाले ४ वटा निजि विद्यालयमा १ सय जना क्षमताको क्वारेन्टाइन निर्माण गरी तयारी अवस्थामा रहेको र अहिले २२ जनालाई क्वारेन्टाईनमा राखेको र कालिका सामुदायिक अस्पतालमा ६० शैयाको आइसोलेसन निर्माण गरी अहिले ७ जना कोरोना संक्रमित रहेका छन् ।
कोभिड १९ का विरामीलाई आइसोलेसनमा राखी उपचार भइरहेको छ भने निको भएर जाने र संक्रमितभई आउने क्रम जारी रहेको प्रमुख खनालले बताए । हालसम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी ३७ लाख ४८ हजार ३ सय ४५ रुपैया जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले बताए ।
लकडाउनको अवधिमा भीरकोट जन्मथलो भएतापनि कामको शिलशिलमा देश तथा विदेशमा कार्यरत भीरकोट वासीहरुसंग भिडियो कन्फ्रेस मार्फत कोविड सम्वन्धी कुराको प्रभाववाट अहिले सम्म झण्डै ७ लाख भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा भएको भन्दै लकडाउनबाट प्रभावित भीरकोटवासीलाई सहयोग गर्न चाहनेले मेगा वैक लिमिटेड वयरघारीमा रहेको नगरपालिकाको प्रकोप व्यवस्थापन कोष नामको खातामा रकम जम्मा गरी भौचर नगरपालिकामा ल्याउनको लागी प्रवत्ता केसीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार