बन्दिपुरका दश हजार बाख्रालाई ‘पीपीआर खोप’
नेपालबहस संवाददाता
साउन ३, २०७७ शनिबार २१:३१:२२
३ साउन, तनहुँ । बन्दिपुर गाउँपालिकाले दश हजार बाख्रालाई ‘पीपीआर खोप’ लगाएको छ । गाउँपालिकाभित्र रहेका छवटै वडाका टोलटोलमा प्राविधिक पुगी बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाएका हुन् । सो रोग लागेपछि बाख्रालाई बचाउन नसकिने हुँदा रोग लाग्नु अगावै अग्रिम खोप लगाउने अभियान थालिएको गाउँपालिकाका पशु शाखा प्रमुख मधुविलाश न्यौपानेले जानकारी दिए ।
त्यसैगरी गाउँपालिकाले तीन हजार पाँच सय गाईवस्तुमा खोरेत रोग विरुद्धको खोप तथा कुकुर र बिरालो गरी दुई सयलाई रेबिज विरुद्धको खोप लगाएको छ । गाउँपालिकाले दश वटा माउ बाख्रा पालेका कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बोयर बोका वितरण गरेको छ ।
गाउँपालिकाका २१ जना कृषकलाई रु ४० हजार बराबरको बोयर बोका वितरण गरिएको हो । स्थानीय जातको कुखुरा संरक्षण गर्ने उद्देश्यले पाँच जनालाई कुखुरापालन र पाँच जनालाई बङ्गुरपालनका लागि ५० प्रतिशत अनुदान रु ४० हजार सहयोग गरेको उनले जानकारी दिए । उक्त अनुदान पाउनका लागि गाउँपालिकाले तोकेअनुरुप मापदण्ड पूरा गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
बुटवलमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार