रोपाइँका लागि नहरमा पानी छाडियो : कृषक औधि खुशी
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार १८:१३:४९
४ साउन, तानसेन । पाल्पाको रामपुर नगरपालिका–१० गेझामा निर्माण गरिएको नहरबाट सिँचाइ शुरु भएको छ । प्रदेश नं ५ सरकारको सहयोगमा निर्माण गरिएको बर्दलेफाँट सिँचाइ आयोजनाको नहरमा शनिबारदेखि पानी खोलेर सिँचाइ शुरु भएको हो ।
प्रदेशसभा सदस्य युवराज खनालले रामपुर–१० को खेतीयोग्य जमिन सिँचाइ अभावमा वर्षेनी कृषकलाई समस्या भएको हुँदा नहर निर्माण गरिएको बताए । नहरको बाँधमा पूजा गरेर पानी सञ्चालन गर्ने क्रममा उनले सिँचाइ सुविधा पुगेपछि अब धान, मकै, गहुँ, तोरीलगायत तरकारीबालीसमेत सिँचाइ गरेर मनग्य आम्दानी लिन कृषकलाई अनुरोध गरे ।
तोकिएको समयभन्दा पाँच महिनाअघि नै नहरको निर्माण सम्पन्न भएको हो । नहरमा पानी छोड्न शुरु भएपछि धान रोपाइँमा सहज भएपछि कृषक औधी खुशी छन् । “कहिले पहिरो, कहिले पानी सानो आउने बीचमै चुहिएर खेतसम्म पु¥याउनै समस्या थियो, अब सहज हुने भयो”, नहरका उपभोक्ता केदारराज पाण्डेले भने।
केही आकाशको पानीको भर तथा केही खोल्साका पानी खेतमा पु¥याएर फ्याट्टफुट्ट रोपाइँ शुरु गरेका कृषकले अब भने सिँचाइ सुविधा हुने भएपछि ढुक्कले रोपाइँ थाल्ने समितिले जनाएको छ । साउन महिनाको अन्तिम सातासम्मनै रोपाइँ हुने यस क्षेत्रका टारीखेतहरुमा अहिले रोपाइँ चलिरहेको छ । “हिउँद तथा वर्षात्को समयमा कुलो पहिरो गएर हैरान थियो, रोपाइँको समयमा नहरमा पानी सञ्चालन भयो यो भन्दा खुशी के हुन्छ ?” कृषक भक्तबहादुर सिञ्जालीको भनाइ छ ।
रामपुर–१० को झ्याम्मखोलामा बाँध बाधेर एक्लाचौर, राहुडाँडा, मनभागा, सानोगेझा, ठूलोगेझा, गोकर्णे हुँदै बर्दलेसम्म पानी पु¥याएपछि रोपाइँ थालिने बर्दलेफाँट जलउपभोक्ता समितिले जनाएको छ । नहरबाट आउने पानीबाट बर्दलेको १०५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । करिव ४३२ घरधुरी उपभोक्ताले प्रत्यक्ष सिँचाइ सुविधा पाउने भएपछि उनीहरु खुशी भएका छन् ।
प्रदेश सरकारको रु चार करोड ९३ लाखमा ठेक्का आह्वान भएपछि केबिसी बिल्र्डस इको इञ्जीनियरिङ कम्पनी चितवनले ठेक्का पाएको थियो । कम्पनीले रु तीन करोड ९० लाखमा ठेक्का पाएलगत्तै काम थालेर समयअगावै सम्पन्न गरेको बर्दलेफाँट जलउपभोक्ता समितिका अध्यक्ष बैकुण्ठ खनालले जानकारी दिए । पाँच शाखा तथा पाँच ढोका रहेको नहरको स्थानीय नागरिकको करिब रु १५ लाख ४४ हजार ७२४ बराबरको जनश्रमदान तथा सिँचाइ विकास डिभिजन कार्यालय पाल्पाको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार