बारेकोट पहिरोमा विस्थापित सार्की समुदायको बिचल्ली
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार १८:३१:५८
४ साउन, जाजरकोट । बारेकोट गाउँपालिका ४ जिरी सार्कीगाउँमा पहिरोका कारण विस्थापित भएका सार्की समुदायको बिचल्ली भएको छ । असार २५ गते राती घरमाथिबाट गएको पहिरोका कारण सार्कीगाउँमा दुई घर पुरिदा १२ जनाको मृत्यु भएको थियो ।
पहिरोमा पुरिएकामध्ये ११ जनाको शब भेटिएपनि १ जना भने अझै बेपत्ता छन । ११ जनाको गएको हप्ता सामुहिक अन्त्येष्टि गरिएको थियो । तर पहिरोबाट विस्थापित भएका सार्कीगाउँका ३३ घर परिवारका तीन सय बढीको बिचल्ली भएको हो ।
खासै पर्याप्त खेतबारी नहुदाँ अन्नबाली नहुने उनीहरु मजदुरीकै भरमा गुजारा गर्ने गरेका थिए । तर पहिरोले दुई घरका १२ जनाको एकै चिहान बनाएपछि बाँकी रहेका छिमेकी त्यहाँबाट विस्थापित भएका हुन ।
अहिले त्यहाँकै भगवती आधारभूत विद्यालयको चौरमा पाल टागेर बसेका उनीहरुलाई खान, लाउन, बस्न समस्या छ । स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ताले राहत दिने आश्वासन दिएपनि आफ्नो पुनस्र्थापनाबारे कुनै पहल नगरेको उनीहरुको गुनासो छ ।
लोकेन्द्र विश्वकर्माबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार