कोरोना प्रभावित पत्रकारलाई पत्रकार महासङ्घ युकेको सहयोग
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार २०:५०:४७
◊ कृष्णप्रसाद शर्मा
४ साउन, लण्डन । कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारलाई नेपाल पत्रकार महासङ्घद्वारा स्थापित कोषमा महासङ्घ बेलायतले रु २३ लाख सहयोग गर्ने भएको छ । शाखाको शनिबार लण्डनमा जुममार्फत बसेको बैठकले सो निर्णय गरेको हो ।
सहयोग गरिएको रकममध्ये रु २० लाख अक्षयकोषमा राखिने तथा रु तीन लाख कोरोना प्रभावित श्रमजीवी पत्रकारका लागि तत्काल खर्च गरिनेछ । पत्रकार महासङ्घ केन्द्रीय समितिले स्थापना गरेको सो आपत्कालीन कोषमा यसअघि केन्द्रीय समितिले रु ३० लाख जम्मा गरिसकेको छ । केन्द्रीय समितिले सो कोषमा कम्तीमा रु एक करोड जम्मा गर्ने लक्ष्य लिएको छ ।
शाखाले सन् २०१७ मा बेलायतमा च्यारिटी कार्यक्रम गरेर सङ्कलित रकमबाट सो सहयोग गरेको हो । यस्तै बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी मगरको अध्यक्षतामा भएको सो बैठकले बेलायतमा कार्यरत नेपाली पत्रकारलाई प्रोत्साहन गर्नका लागि एक हजार पाउण्ड राशिको ‘एफएनजे युके पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी महासङ्घद्वारा आपत्कालीन कोष सञ्चालन निर्देशिका तथा मापदण्ड बनाउन गठित समितिमा शाखाका महासचिव सञ्जयभक्त कँडेललाई पठाउने निर्णय पनि गरिएको छ । बैठकमा महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले कोभिड–१९ बाट उत्पन्न समस्याका कारण नेपालमा झण्डै दुई हजार पत्रकारले रोजगारी गुमाएको तथा देशभरि ७५० भन्दा बढी पत्रपत्रिका तथा पाँच एफएम रेडियो स्टेशन बन्द भएको जानकारी दिए । महासङ्घका महासचिव रमेश विष्टले रोजगार गुमाएका पत्रकारलाई मानवीय सहयोग गर्न आपत्कालीन कोष खडा गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार