मौद्रिक नीतिले गर्दा दोश्रो बजारमा माथिल्लो सर्किट ! नयाँ लगानीकर्ताहरुले के कुरामा ध्यान दिने ?
आर्थिक संवाददाता
साउन ४, २०७७ आइतबार २२:१३:४८
४ श्रावण , काठमाडाैं । नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याएको मौद्रिक नीतिले लगानीकर्ताकाे मनोबल वृद्धि गराएपछि आज शेयर बजारमा सर्किट लाग्दै ३ बजे भन्दा अघि नै बन्द भएको छ । नेप्से परिसूचक ६.०४ प्रतिशतले वृद्धि हुँदै बजार बन्द भएको हाे । नेप्से परिसूचक १४७९.०३ को विन्दुमा बन्द भएको छ । पुरै समय शेयर कारोवार हुन् नसक्दा जम्मा ६ करोड २५ लाख बराबरको शेयर किनबेच भएको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २ करोड ५३ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्यमा गिरावट आएको छैन् । बजारलाई मुख्य ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा सर्वाधिक ७ प्रतिशत भन्दा माथिको वृद्धि देखिएको छ।
किन बढ्यो लगानीकर्ताको मनोबल ?
शेयर बजारलाई चाहिने मौद्रिक नीति आउँदा लगानीकर्ताको मनोबल बढेको हाे । बैंक तथा वित्तीय संस्थाले शेयरधनीलाई दिन मिल्ने नाफाको ३० प्रतिशत भन्दा धेरै नगद लाभांश दिन नमिल्ने नियम आएकोमा अब बोनस शेयर प्रेमी नेपाली लगानीकर्ताहरु खुशी भएका छन् ।
सीसीडी बढाएर ८५ प्रतिशत पुर्याईएको छ, यसले व्याज घट्ने देखिन्छ र अर्को महत्वपूर्ण कुरा शेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्याइएको छ।
तर शेयर बजारमा साना तथा नयाँ लगानीकर्ताहरुले भने बजारमा यस्तो बेला केही सजक भएर लगानी गर्नुपर्छ । शेयर भनेको बढेपछि सधै बढ्ने जस्तो लाग्छ र घटेपछि सधै घटने जस्तो लाग्नु स्वाभविक हो। त्यसैले धेरै कुराहरु सकारात्मक हुँदा हुँदै पनि लगानीकर्ताले निम्न कुरामा ध्यान दिंदै अघि बढ्नु पर्ने हुन्छ :-
१. अब चौथो त्रैमासको वित्तीय विवरण आउँदै छ । चौथो त्रैमासको वित्तीय विवरणले कम्पनीले दिन सक्ने लाभांशको अनुमान लगाउन सहयोग पुग्छ । झन् अहिले बैंक तथा वित्तीय संस्थालेहरुले नयाँ लेखा व्यवस्था अनुसार वितरण योग्य मुनाफा पनि प्रकाशन गर्ने गर्छन । शेयर बजारमा चल्ने भनेको कम्पनीको आधारभुत कुराले हो । त्यही भएर कम्पनीको वित्तीय विवरण अध्यायन गरेर लगानी गर्नु होला ।
२. शेयर बजार वृद्धि हुँदा राम्रा नराम्रो दुवै कम्पनी वृद्धि हुन्छन, र घट्न थाल्दा राम्रा थोरै घट्छन र नराम्रा धेरै घट्छन, यस्तो बेलामा आधारभूत रुपमा बलिया कम्पनीहरु किन्दै जानु पर्छ।
३. पोर्टफोलियो व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ । एउटै कम्पनी वा क्षेत्रमा मात्र लगानी गर्दा जोखिम वृद्धि हुने गर्छ ।
४. यस्तो बेला शेयर बजार जस्तो हिरा केही देखिदैन् । धेरै लगानीकर्ताहरु आफ्नो जोखिम भन्दा बाहिर गएर कर्जा लिइ शेयर बजारमा लगानी गर्ने गर्छन । जसको कारणले गर्दा कुनै दिन बजार घट्न थाल्दा अप्ठेरो अवस्था आउँछ। त्यसैले जोखिम र आफ्नो अवस्था हेरेर लगानी गर्नुपर्छ। साथीभाईले शेयर बजारबाट कमाईसके म चाही छुटे भन्ने विचार लिएर अघि बढ्दा दुर्घटना हुन् सक्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार