कर्णालीमा सलहबाट ४० प्रतिशत बालीमा क्षति
नेपालबहस संवाददाता
साउन ४, २०७७ सोमबार ०:३७:२७
४ साउन, सुर्खेत । “इतिहासमा फट्याङ्ग्राको यत्रो सङ्ख्या देखेको पहिलोपटक हो, जसलाई सलहभन्दा रहेछन्”, वीरेन्द्रनगर नगरपालिका– ७ सुर्खेत इत्रामका ६९ वर्षीय मनकुमारी गुरुङले भने, “एकैपटक आकाश र घरको बारीमा करोडौँको सङ्ख्यामा सलहको हुल देख्दा म त दङ्ग परे ।”
शुक्रबार ठुलोे सङ्ख्यामा सलह यहाँका नागरिक आश्चर्य चकित परे । कतिले दङ्ग खाएर प्रश्न गर्दै थिए, यो करोडौँको सङ्ख्यामा सलह कहाँबाट कसरी आयो र कहाँ गएर टुङ्गिन्छ ? यसलाई कसरी भगाउन सकिन्छ रु यद्यपि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रेडियो, टिभी, अनलाइन तथा पत्रपत्रिकाबाट पूर्वतयारीका लागि सूचना गरिएबमोजिम यहाँका स्थानीयले सडक, चौर र घरको छतमा निस्केर थाल, मादल बजाउँदै, ढ्याङ्ग्रो ठोके ।
दुई÷तीनवर्षे बालकदेखि ज्येष्ठ नागरिक बाहिर निस्कँदा सुर्खेतको दृश्य मेला जस्तै बनेको थियो । धेरै घरका छतमा ठूलो आवाजमा साउण्ड बक्ससमेत खोलिए । वीरेन्द्रनगर उपत्यका तथा सुर्खेतका विभिन्न स्थानीय तहमा आगो बालेर धुवाँ निकाले । तर पनि सलह भागेनन् ।
शुक्रबार ३ः०० बजे कर्णालीमा प्रवेश गरेर भोकाएको स्वार्म लेट नामको सलहले शनिबार बिहान ४० प्रतिशत बालीनालीमा क्षति पु¥याएको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।
“सलहले भेरीगङ्गा नगरपालिकाको दशरथपुर, रामघाट, छिन्चु र हर्रे, लेकबेंसी नगरपालिकाको कल्याण र चिङ्गाड गाउँपालिकाको मकै, धान र भट्टमास बालीमा क्षति पु¥याएको छ”, निर्देशक रोकायले भने, “यसको व्यवस्थापनका लागि एकीकत कृषि प्रयोगशालालाई जिम्मा दिइएको छ ।” उनका अनुसार फेरि पनि भदौमा यसभन्दा ठूलो सलहको बथान आउने अनुमान गरिएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत धनबहादुर कठायतले दुई दिनदेखि सलह भगाउन नसकिएको बताए । “सलह उत्तर पूर्वतर्फ लागेको छ, सुर्खेतको मेहलकुना, रतु, गर्पन हुँदै दैलेखतर्फ लागेको छ”, सूचना अधिकारी कठायतले भने ।
बिहान ६ः०० देखि ९ः०० बजेको समयमा यसले बाली बढी क्षति गर्ने भएकाले प्राविधिक प्रभावित क्षेत्रको फिल्डमा पुगेको उनले बताए । भारतको राजस्थानबाट नेपालगञ्ज हुँदै करोडौँको सङ्ख्यामा कर्णाली प्रवेश गरेको सलह जुम्लासम्म पुगे पनि क्षतिबारे कुनै जानकारी नआएको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सलहले पु¥याएको क्षति यकीनका लागि सूचना सङ्कलन गर्न कर्मचारी फिल्डस्तरमै पुगेको बताए । सलह प्राकृतिक विपत्ति भएकाले किसानहरुलाई मारमा पर्न नदिन प्रदेश सरकारले आगामी बैठकबाट उचित निर्णय लिन मन्त्री केसीले बताए ।
सलह भगाउन स्थानीय विधिले उपया नलागेपछि सबै बाली सखाप पार्ने हो कि भन्ने चिन्तामा किसान छन् । उनीहरुले कृषि प्राविधिकलाई फोन सम्पर्कबाटै सलहको रोकथाम तथा क्षति भएको बाली अवलोकन गर्न अनुरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार