मेलम्चीमा मानवीय क्षति हुँदा आयोजना स्तब्ध
नेपालबहस संवाददाता
साउन ४, २०७७ सोमबार २:४३:४१
४ साउन, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाले सुरुङ र अस्थायी बाँधको निर्माण कार्य परीक्षणका क्रममा भएको दुघर्टनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
आयोजनाले गत असार ३० गते मध्याह्नमा १७ नम्बर गेट खुल्दा प्रवाह भएको पानीले आयोजनाका निर्माण व्यवसायी सिनो हाइड्रो कर्पोरेशनमा कार्यरत इञ्जिनीयर सतीसकुमार गोइत र सवारी चालक राधाकृष्ण थापा मगरलाई बगाई मेलम्ची नदीमा बेपत्ता थिए ।
खोज तथा उद्धारका क्रममा इञ्जिनीयर गोइतको शव प्राप्त भए तापनि चालक थापामगर अझैसम्म बेपत्ता छन । सुरक्षाका सबै उपायको अवलम्बन गर्दागर्दै हुन गएको दुर्घटनामा मानवीय क्षति भएकामा मेलम्ची खानेपानी आयोजना स्तब्ध भएको जनाएको छ ।
बेपत्ता सवारी चालक थापामगरको खोजीकार्य सुरक्षा निकाय र परिवारका सदस्यद्वारा जारी राखिएको छ । आयोजनाले मानवीय हताहतिको यस दुःखद् घटनालाई गम्भीररुपमा लिएको छ ।
आयोजनाले स्व इञ्जिनीयर गोइतको मृत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । आयोजनाले मृतक तथा बेपत्ताका हकवालाले पाउने बीमालगायतका सुविधाका लागि आयोजनाले प्रक्रिया अघि बढाउन निर्माण व्यवसायीलाई निर्देशन गरिसकेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार