करेक्सनमा २ अर्ब ८० करोड माथिको कारोवार हुनुलाई कसरी हेर्ने ? प्राविधिक बिश्लेषणसहित
आर्थिक संवाददाता
साउन ५, २०७७ सोमबार २३:०:४६
५ श्रावण, काठमाडाैं । लगानीकर्ताले नाफा बुक गरेको कारणले आज शेयरबजारमा बिक्री चाप आउँदा नेप्से परिसूचक शुन्य दशमलव ९५ प्रतिशतले घट्दै बजार बन्द भएको छ । नेप्से परिसूचक १४६४.९४ को विन्दुमा बन्द भएको छ ।
आज कारोवार रकमले भने निकै राम्रो उचाई समातेको छ । आज २ अर्ब ८० करोड माथिको कारोवार भएको छ । बजार करेक्सन हुँदा कारोवार रकम यति धेरै बढ्नुलाई खासै सकारातमक मानिदैन् । करेक्सन हुँदा कारोवार घटेको र बजार वृद्धि हुँदा कारोवार वृद्धि भएको सकारात्मक मानिन्छ ।
शुरुवात चरणमा निकै आक्रामक वृद्धि हुँदै सर्किट लागेको बजारमा भने नाफा बुक गर्न खोज्दा बजारमा घट्न पुगेको हो । बजार आज १५३९.३७ को विन्दुमा खुलेको थियो भने १५५६.२०को उच्च विन्दु समातेको थियो । आज बजारले १२ बजेर २ मिनेटमा उच्च विन्दु समातेको थियो । त्यस्तै बजार बन्द हुने बेला २ बजेर ५० मिनेटमा १४५८.५१ को न्यून विन्दु समातेको थियो । बजार न्यून विन्दु भन्दा अलिक माथि १४६४ मा बन्द भएको थियो ।
आज एनएमबी बैंकको सर्वाधिक २० करोड १५ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । दोश्रोमा नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ६४ लाख बराबरको कारोवार भएको छ ।
युनाईटेड फाइनान्सको शेयर मूल्य सर्वाधिक ९ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ। आज ३ कम्पनी युनाईटेड फाइनान्स, एनआईसी एशिया लघुवित्त र स्पर्ष लघुवित्तको बजार मुल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ। त्यस्तै गुराँस लघुवित्त र मन्जुश्री फाइनान्सको बजार मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।
आज चार उपसुचक बैंक, विकास बैंक, फाईनान्स र म्युचुअल फण्डमा मात्र वृद्धि देखिएको छ। बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा भने सामान्य वृद्धि भएको छ।
महत्वपूर्ण विन्दुहरु :
प्राविधिक बिश्लेषण :
आज कारोबारको पहिलो समयमा बजार बढ्दो प्रवृत्तिमा रहे पनि पछिल्लो समयमा घट्दो प्रवृत्तिमा रहेको थियो । आजको बजार प्रवृत्तिले बियरिस मारुबोजु मैनबत्तीको चित्र बनाएको छ । यसले बजारमा विक्रेताको चाप रहेको र अर्को कारोबार दिन पनि बजार केही सच्चिन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।
दैनिकी अवधिमा “आरएसआई” ६४ दशमलब ५१ को बिन्दुमा छ । यो अक्सिलेटरले बजार हालसम्म सकारात्मक रहेको जानकारी दिएको छ ।
“एडिएक्स” र जोड -बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा क्रेताको चाप रहेको जानकारी गराएको छ । “अन ब्यालेन्स भल्यूम” ले बजारमा विक्रेताको चाप भएको जानकारी गराएको छ ।
नेप्से बढेमा पहिलो प्रतिरोध १५०० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १४६० को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार