नारायणी नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै
नेपालबहस संवाददाता
साउन ६, २०७७ मंगलबार १९:३३:१०
६ साउन, नवलपरासी । नारायणी नदीमा पानीको बहाब बढ्दै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी दुवै जिल्लाका नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार नारायणी नदीमा आज बिहान गरिएको पछिल्लो मापनअनुसार १२ दशमलव ३२ मिटर पानी रहेको छ । नदीमा ११ मिटरभन्दा बढी पानी मापन भएमा सम्भावित जोखिमका रुपमा मानिन्छ ।
नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि नदीको तटीय क्षेत्रमा झन जोखिम बढ्दै गएको हो । दुवै जिल्लाका प्रशासन कार्यालयले तटीय क्षेत्रमा बस्ने सबैलाई सुरक्षित रहन आग्रह गरेको छ । सम्भावित जोखिमलाई मध्यनगर गर्दै विपत्को बेला आवश्यक पर्ने उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
यता नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि गण्डक व्यारेजका सबै ढोका यसअगावै खोली सकिएको छ । गण्डक ब्यारेज नजिक नारायणी नदीमा गरिएको पछिल्लो मापनअनुसार चार लाख १६ हजार क्युसेक प्रति सेकेण्ड पानी मापन गरिएको छ । यद्यपि, तीन लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड नाघेपछि जोखिम मानिन्छ ।
नारायणी नदीमा पानीको बहाव बढेसँगै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा पानी पसेको छ । सुस्ताको थारु टोल र सैनिक टोलमा पानी पसेको हो । यता जिल्लाको सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाको गाउँबस्तीका केही स्थानसमेत डुबानमा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष प्रचण्ड
पुष २३, २०८१ मंगलबार
पूर्वसमूह खोज्नतिर होइन, भरभराउँदो आजको एमाले खोजौँ : अध्यक्ष ओली
पुष २३, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट
पुष २३, २०८१ मंगलबार
लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकियो
पुष २३, २०८१ मंगलबार
पर्यटकीयस्थल घोडेपानीमा हिमपात, जनजीवन प्रभावित
पुष २३, २०८१ मंगलबार