ठूलीगाड नदीमा माछा बढे
नेपालबहस संवाददाता
साउन ७, २०७७ बुधबार १७:३९:१९
७ साउन, धनगढी । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड नदीमा माछा प्रजाति बढेको पाइएको छ । जलीय जैविक विविधता संरक्षणका लागि कैलालीको चुरे, मोहन्याल र डोटीको बडीकेदार र जोरायल गाउँपालिकाले नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाएपछि माछा बढेको हो ।
कैलाली र डोटीका दुई–दुई गाउँपालिकाले जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षणमा जुटेका छन् । नदी तथा खोलामा जथाभावीरूपमा माछा मार्दा अन्य जलचर प्राणी लोप हुन थालेपछि गाउँपालिकाले कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड नदीमा गत मङ्सिरदेखि माछा मार्न प्रतिबन्ध लगाएको चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगरले बताए ।
ती गाउँपालिकाले नदीमा महाजाल, विषादी तथा करेन्ट प्रयोग गरी माछा मार्न बन्द लगाउँदा माछाका प्रजातिको सङ्ख्यामा वृद्धि भएको स्थानीय बासिन्दाको भनाइ छ ।
स्थानीय तहले जलचर संरक्षण ऐन बनाएर स्थानीय नदी तथा खोलामा गैरकानूनीरूपमा माछा मार्न बन्द गरी कानूनविपरीत माछा मारे कारवाही गर्दै आएका छन् । ती गाउँपालिकाहरुले जलचर संरक्षणसम्बन्धी समूह गठन गरी ठूलीगाड जलाधार क्षेत्रको संरक्षण गर्न थालेका छन् ।
गाउँपालिकाले संयुक्तरूपमा छुट्टै ऐन कानून बनाई समूह गठन गरेर समूहलाई नै नदी तथा माछाको संरक्षणको जिम्मा दिएको चुरे गाउँपालिका–१ का वडाध्यक्ष हुकुम बोहराले जानकारी दिए ।
उनका अनुसार जलीय जैविक विविधता संरक्षणको जिम्मा स्थानीयवासीलाई दिएपछि ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजातिको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । संरक्षणको जिम्मा स्थानीयवासीलाई नै दिएपछि सहज भएको जनाइएको छ ।
ठूलीगाड जलाधार क्षेत्रमा आगामी भदौदेखि संरक्षण सूमहले निश्चित रकम लिएर माछा मार्न दिने भएको छ । माछा मार्दा करेन्ट, विष तथा महाजालको प्रयोग गर्न नपाइने भगतपुर जलचर संरक्षण समूहका संयोजक हेमबहादुर भाटले बताए । उनले जालको प्रयोग गरेर मात्र माछा मार्न दिइने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार