पहिरोले १३ करोडको खानेपानी आयोजनामा क्षति
नेपालबहस संवाददाता
साउन ८, २०७७ बिहिबार १७:१२:०
८ साउन, पर्वत । पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा निर्माणाधीन करिब १३ करोड लागतको बृहत् लिफ्टिङ खानेपानी आयोजनामा बाढीपहिरोका कारण क्षति हुनुका साथै जोखिम बढेको छ ।
बाढीले आयोजनाको लिफ्टिङ कनेक्सन च्याम्बर र प्राविधिक भवनमा क्षति पु¥याएको छ । खानेपानी संरचनाको संरक्षणका लागि लगाइएको पक्की पर्खालसमेत बाढीले बगाएको बारीबेनी बृहत् लिफ्टिङ खानेपानी आयोजनाका सल्लाहकार नगेन्द्र थापाले बताए ।
आयोजनास्थलको माथिपट्टि भूपि शेरचन राजमार्ग स्तरोन्नतिका कारण पहिरो झरिरहेको र अत्यधिक वर्षासँगै कालीगण्डकीमा आएको बाढीले आयोजना जोखिममा परेको बारीबेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले बताए ।
विसं २०७२ देखि निर्माण शुरु गरिएको आयोजना नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा निर्माण भइरहेको छ । आयोजनाको कूल लागत रु १२ करोड ४३ लाख ७४ हजार रहेको छ । आयोजनाबाट जलजला वडा नं २, ३ र ४ का ९५४ घरधुरी लाभान्वित हुनेछन् । कालीगण्डकीको पानी शुद्धीकरण गरेर लिफ्टिङमार्फत उपभोक्ताका घरघरमा खानेपानी पु¥याउने आयोजनाको लक्ष्य छ ।
पूर्वाधारको काम अन्तिम चरणमा पुगेको आयोजनामा बाढी र पहिरोले क्षति पु¥याएका कारण आयोजना सञ्चालनमा आउन थप समय लाग्ने रेग्मीले बताए ।
जलजलाको वडा नं २, ३, ४ बारीबेनी, लामाखेत, पर्वतबगरमा ‘एक घर एक धारा खानेपानी’ पु¥याउने उद्देश्यले निर्माणाधीन आयोजना अन्तिम चरणमा पुगेको थियो । बाढीपहिरोले करोडौँका संरचनामा क्षति पु¥याएकाले व्यवस्थापन गर्न स्थानीयवासीले माग गरेका छन् ।
खानेपानी आयोजनासँगै रहेको जुगेधारा खेलमैदानमा समेत बाढीले क्षति पु¥याएको छ । प्रदेश सरकारको ‘एक गाउँपालिका एक खेलमैदान’ कार्यक्रमअन्र्तगत निर्माण भएको उक्त खेलमैदान कालीगण्डकीको कटानमा परेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार