‘ईन्ता अटायर बुटिक’मा फेस्टिवल अफर सुरु
नेपालबहस संवाददाता
साउन ८, २०७७ बिहिबार १८:३५:५४
८ साउन, काठमाडौं । छोटो समयमानै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काठमाडौंको माछापोखरीमा अवस्थित “ईन्ता अटायर” सेलेब्रेटिदेखि सर्वसाधारणहरुको रोजाइमा पर्न सफल भएको छ ।
विभिन्न चलचित्र, म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, ब्यवसायीदेखि सर्वसाधारणहरुको समेत ड्रेस डिजाइन गरेर ख्याति कमाएकि ईन्ता श्रेष्ठले अहिले आउदै गरेको हरितालिका तिज, दशैँ तथा तिहारको लागि विशेष छुट अफर लिएर आएकी छिन।
बच्चा देखि बुढा बुढीहरुसम्मको लागि आकर्षण ड्रेस डिजाईन गरेर आफ्नो शिप, कलालाइ लोकप्रिय बनाउदै आएकी फेसन डिजाइनर श्रेष्ठले हरेक उमेर समूहका महिला तथा पुरुषहरुको ड्रेस डिजाइन गरि आफ्नो बुटिक मार्फत सेवा सुबिधा प्रदान गर्दै आएको बताएकी छिन ।
फेसन शैलीले मानिसको बारेमा बताइरहेको हुन्छ । उमेर, पेसा, शारीरिक बनावट अनि रङमा ध्यान दिएर गरिने फेसनले मानिसको व्यक्तित्वमा निखारता ल्याउनुका साथै मानिसको स्तर पनि बताइरहेको हुन्छ । हरेक मानिस स्मार्ट देखिन चाहन्छ, त्यसका लागि फेसन अनिवार्य हुन्छ ।
तसर्थ नेपाली फेसनलाइ अन्तराष्ट्रियकरण गर्न तथा आफ्नो क्रियसन मार्फत सबैको मन जित्न डिजाइनर श्रेष्ठ प्रयासरत छिन। नेपालमा अहिले मानिसको फेसन प्रतिको मोह बढ्दै गएको छ, विकसित मुलुकहरूमा बुटिक व्यवसाय सामान्य बने पनि नेपालमा भने भर्खरै मात्र यो फस्टाउन थालेको पाइन्छ ।
नेपालमा हाल फस्टाउँदो व्यवसाय मध्येको एक हो बुटिक । विगत केही वर्षयता यो व्यवसायले धेरैलाई आकर्षित गरेको छ । रोजगारीका लागि विदेशिन लागेका थुप्रै युवा पुस्तालाई बुटिक व्यवसायले नेपालमै स्वरोजगार बनाएको श्रेष्ठ बताउछिन।
बुटिकमा बन्ने पहिरनको गुणस्तर अनि फिनिसिङ विशेष खालको हुने भएकाले पनि अहिले बिशेषगरि युवा पुस्ताको आकर्षणको बिन्दु भएको छ बुटिक। बुटिक, डिजाइनरको कलालाई ड्रेसमार्फत देखाइने भएकाले बुटिकमा बनेका कपडा कलात्मक र आकर्षक हुन्छन् । त्यसैले पनि बुटिक क्रेज बढ्दो छ ।
ग्राहकको रुचि र इच्छालाइ ध्यानमा राखेर उनीहरुको मन पर्ने डिजाइन सर्वसुलभ तरिकाबाट आफ्ना ग्राहकहरुको लागि डिजाइन गर्दै आएकी “ईन्ता अटायर” कि संचालिका श्रेष्ठ तारकेश्वर-११ नेपालटारमा रहेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक हुन् भने उनि लायन्स क्लब आधारमा समेत आबद्ध छिन। विभिन्न सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी फेसन डिजाइनर श्रेष्ठ दुखि पिडितको सहारा समेत बन्दै आएकी छिन।
बिगत १ बर्षदेखि संचालनमा आएको ूईन्ता अटायर बुटिकू आइ ई सी सर्टिफाइड बुटिक भएको जानकारी श्रेष्ठले गराएकी छिन्। यस क्षेत्रलाइ राम्रोसंग बुझेर ब्यबसाय संचालन गर्दै आएकी श्रेष्ठ दर्जनौ राष्ट्रिय सम्मानबाट समेत सम्मानित भईसकेकी छिन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार