रञ्जनको सजाय घटाउने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकन मुद्दा !
नेपालबहस संवाददाता
साउन ८, २०७७ शुक्रबार १:१८:३४
८ साउन, काठमाडौं । श्रीमतीको हत्या गरेर जलाउन लागेको अवस्थामा पक्राउ परी जेल बसेर पनि रिहा भएका पूर्वडीआईजी रञ्जन कोइरालाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन मुद्दा दर्ता भएको छ ।
८ वर्ष जेल बसेर बिहीबार रिहा भएका पूर्वडीआईजी कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै बिहीबार निवेदन दर्ता भएको हो । महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिएको हो । सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएका हुन् ।
प्रधानन्यायाधीश चाेलेन्द्रशमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार छुटेका हुन् ।
यसअघिको फैसलाअनुसार उनी अझै ११ बर्ष जेल बस्नुपर्ने थियो । तर सर्वोच्चको आदेशपछि ८ बर्ष सजाय पुरा गरी रञ्जन छुटेका हुन् । सर्वोच्च अदालतको फैसला चित्त नबुझे दुईवटा आधारमा पुनरावलोकनको निवेदन दिन सकिने कानुनी व्यवस्था छ । यससँगै फैसला गर्ने न्यायाधीशको पनि सामाजिक सञ्जालमा आलोचना भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार