भुवन र साम्राज्ञीको विवाद अदालतमा पुग्यो, अब वारपारकै लडाई !
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार २०:५८:२६
९ साउन, काठमाडौं । नेपाल चलचित्रमा पछिल्लो केही महिनादेखि बल्झिएको नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको विवाद अदालतमा प्रवेश गरेको छ । शुक्रबार भुवनले साम्राज्ञीविरुद्ध जिल्ला अदालत काठमाडाैंमा मुद्दा दर्ता गरेका छन् ।
साम्राज्ञीले हुँदै नभएको कुरा उचालेर आफ्नो मानहानी गरेको आरोप भुवनले लगाएका छन् । तर साम्राज्ञीले भने पहिलो चलचित्र ड्रिम्समा आफूमाथि भुवनले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । लकडाउन भएयता सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्राममा भुवन र साम्राज्ञीबीच आरोप प्रत्यारोप चल्दै आएको छ ।
सामाजिक सञ्जालमा लाइभमै आएर साम्राज्ञीले भुवनविरुद्ध मुख खोलेकी थिइन् । पछि भुवनले यसको उपचार खोज्ने भन्दै चलचित्र निर्माता संघमा उजुरी दर्ता गराएका थिए । तर त्यहाँ पनि विवाद समाधान भएन् । अहिले अदालतमा मुद्दा दर्ता भएको र अदालतले नै सही गलत छुट्याएर फैसला दिने भुवनको भनाई छ ।
यसले अब भुवन र साम्राज्ञीबीचको विवाद नयाँ चरणमा प्रवेश गरेको छ । यसअघि यस्ता विवाद प्रहरीमा पुग्ने गरेका थिए । तर गसीपकै बीचमा उत्कर्षमा पुगेको विवाद अब झन् चर्चा र साच्चिकै वारपारको अवस्थामा पुगेको हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार
अधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार