विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग
नेपालबहस संवाददाता
साउन १०, २०७७ शनिबार १९:३४:१४
१० साउन, काठमाडौं । पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड शुल्कबवापत ठूलो रकम विद्युत् प्राधिरणलाई तिनुपर्दा व्यवसायी मारमा परेको भन्दै सो शुल्क मिनाह गर्न माग गरेका हुन् ।
विपद् समन्वय समितिका संयोजक एवं ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा ढुङ्गानाले बन्दाबन्दीका कारण ठमेलका व्यवसाय बन्द रहेको अवस्थामा विद्युत् युनिट उठेको आधारमा बन्दाबन्दी शुरु भएको मितिदेखि कम्तीमा दुई वर्षसम्म ५० प्रतिशत छुट दिन मन्त्रीसमक्ष आग्रह गरिएको जानकारी दिए।
भेटमा ठमेल पर्यटन विकास परिषद्, ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान) नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), होटल एशोसिएशन अफ नेपाल (हान), टुरिष्ट बस एशोसिएन अफ नेपाल (टिवान), नेपाल एशोसिएएन अफ रयाफ्टिङ एजेन्सिज (नारा), गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), नेपाल कैलाश यात्रा सङ्घलगायत दुई दर्जन संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
भेटपछि ऊर्जामन्त्री पुनले बन्दाबन्दीका कारण मुलुकको हरेक क्षेत्रमा समस्यामा परेको भन्दै उक्त समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए । उनले पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउनका लागि सरकारले गर्नुपर्ने कुनै कसरत बाँकी नराख्ने उल्लेख गरे । मन्त्री पुनले पर्यटन क्षेत्रलाई विद्युत् क्षेत्रमा दिने सहुलियतका बारेमा आफूले सम्बन्धित निकायसँग छलफल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतको कुश्माबजारमा खानेपानीको अभाव, लोडसेडिङ सुरु
बैशाख २०, २०८१ बिहिबार
कालीकोट सदरमुकाममा सधैँ खानेपानीको अभाव
बैशाख १८, २०८१ मंगलबार
धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
आज विश्व प्रेस स्वतन्त्रता दिवस
बैशाख २१, २०८१ शुक्रबार
विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी : एमालेले आज नदिने, कांग्रेसले अवरोध गर्ने
बैशाख २१, २०८१ शुक्रबार
कस्तो छ आजको मौसम ?
बैशाख २१, २०८१ शुक्रबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख २१, २०८१ शुक्रबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार