सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण
नेपालबहस संवाददाता
साउन १०, २०७७ आइतबार २:५४:५६
१० साउन, रौतहट । सीमानाका बन्द रहेको अवस्थामा एक भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । भारतीयको आक्रमणबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाका वरिष्ठ हवल्दार लीलाबहादुर थापा घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको छ ।
शुक्रबार साँझ भारत बिहार पूर्वी चम्पारण घोडासहन थाना क्षेत्रअन्तर्गत कोरैया गाउँका दुई महिला परोहा नगरपालिका–८ नरकटिया सीमा हुँदै रौतहट प्रवेश गर्न लागेका थिए । उनीहरुलाई रोक्न खोज्दा उल्टै सशस्त्र प्रहरी हबल्दारमाथि घरेलु हतियार हँसिया प्रहार गरेका थिए ।
हँसिया प्रहारबाट वरिष्ठ हवल्दार थापा घाइते भएपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गर्नुको साथै एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश २ नं बर्दिवासका प्रमुख डीआर्इजी कृष्णभक्त ब्रह्माचार्यले बताए।
नरकटिया नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाबाट खटिएको सशस्त्र प्रहरीका १५ जनाको टोलीले ती महिलालाई प्रवेश गर्न दिएका थिएनन् । झडपको क्रममा भारतीय नागरिक ४५ वर्षीय रवीन्द्र कुशवाहालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राति ८ बजे प्रहरी चौकी नरकटियामा बुझाएको हो । घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी ११ नं गणका प्रमुख एसपी रवीनराज कर्णजितको कमाण्डमा ५० सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक राकेशकुमार यादवको कमाण्डमा ३५ जना नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
द्विपक्षीय छलफलपछि पक्राउ परेका भारतीय नागरिक कुशवाहालाई राति १० बजे भारतीय सशस्त्र सीमा बल ७१ नम्बर बटालियनका इन्स्पेक्टर अजय कुमारको टोलीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरीका एसपी कर्णजितले बताए। शनिबार सशस्त्र प्रहरी प्रदेश नं २ का प्रमुख डिआइजी कृष्णभक्त ब्रह्माचार्यसमेतको टोलीले घटनास्थलको निरीक्षण गरेका छन् । हाल नरकटिया नाकाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार