लकडाउन खुलेसँगै सञ्चालनको तयारीमा सौराहाका होटल
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार १३:४४:१०
११ साउन, चितवन । चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी त्यसको तयारीमा जुटेका छन् ।
आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार साइकलयात्रामा निस्किएका छन् । सौराहाबाट शुरु भएको साइकलयात्रा कसरा पुगेर फर्किएको छ । ¥यालीमा १७ सहभागी थिए ।
सौराहामा क्षेत्रीय होटल सङ्घको तर्फबाट टिसर्ट प्रदान गर्दै सङ्घका अध्यक्ष दीपक भट्टराईले साइकलयात्रीलाई बिदाइ गरेका हुन् । कोरोना भाइरसका कारण शिथिल बनेको पर्यटक क्षेत्रलाई उकास्न आन्तरिक पर्यटक प्रवद्र्धन गर्न आवश्यक रहेको उहाँले बताए । उनले भने, “अब हामी सौराहा खुला गर्दैछौँ भन्ने सन्देश दिन थालेका छौँ, त्यसका लागि तयारी पनि गरिरहेका छौँ ।” उनले व्यवसायी खुशी हुने अवस्था नरहे पनि होटल खोल्नुको विकल्प नभएको बताए । उनले होटल सञ्चालनका लागि सरसफाइ गर्न थालिएको भन्दै आवश्यक सावधानीका उपायहरु अपनाइने जानकारी दिए ।
बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण र स्वास्थय चेतनासमेत जगाउने उद्देश्यले गरिएको साइकलयात्रा पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताए ।
उनले साइकलबाटै पर्यटकीय क्षेत्रहरुमा पुग्न सकिने स्थलको प्रचार गरी साइकलबाटै भ्रमण गर्ने सकिने वातावरण तयार पार्नुपर्ने बताए । सौराहादेखि कसरासम्मको साइकलयात्रापश्चात अब छिट्टै नै सौराहादेखि लोथरसम्मको साइकलयात्राको कार्यक्रम रहेको उनले जानकारी दिए ।
यस्तै क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले पछिल्लो समय साइकल चलाउनेको सङ्ख्या बढ्दै गइरहेको भन्दै साइकलमार्फत नै आन्तरिक पर्यटन प्रवद्र्धनमा लागिपरेको बताए । सौराहामा ११० होटल सञ्चालनमा छन् । चार महिनादेखि सबै ठप्प छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार