मनलाग्दी भाडा असुल्ने गाडीमाथि कारवाही
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_IkS6HNro9I.jpeg
)
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २१:३६:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/traffice_LBsVG9OsWX.jpg)
◊ नवराज श्रेष्ठ रामेछाप
११ साउन, रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँका महेशकुमार श्रेष्ठलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानुपर्ने भयो । पाँच वर्षदेखि बाथरोगबाट पीडित उनी लकडाउनका कारण नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जान पाएका थिएनन् ।
लकडाउन अन्त्यको घोषणा भएपछि उनी काठमाडौँ जान सदरमुकाम मन्थली झरे । मन्थली ती हिँडेर आए तर लकडाउन खुलेको भए पनि सार्वजनिक यातायातका साधन अझै जिल्ला बाहिर चलेका छैनन् । काठमाडौँ जाने साधन पाउन उनलाई गाह्रो भयो । स्वास्थ्य समस्याका कारण जसरी पनि काठमाडौँ जानपर्ने बाध्यतामा परेका उनले दिनभर काठमाडौँ जाने साधन खोजे तर कतै भेटेनन् ।
त्यो रात उनको मन्थलीमै बास भयो । भोलिल्ट बिहानैदेखि काठमाडौँ जाने सवारीको खोजीमा लागे । दिनभरको प्रयासपछि बल्ल काठमाडौँ जाने निजी बोलेरो भेटे। शरीरको दुखाइ र दुई दिनको मन्थलीको गर्मीले गलेका उनी साँझपख प्रदेश ३१०२३ च २४२६ नम्बरको बोलेरो चढे ।
गाडी चढेको केही समयपछि भाडाको बारेमा कुरा भयो । ‘‘चालकले मन्थलीबाट काठमाडौँ गएको भाडा रु दुई हजार ५०० भनेपछि म त छक्क परेंँ’’, उनले भने “कुल ५०० रुपैयाँ भाडा लाग्ने ठाउँको भाडा दुई हजार ५०० भनेपछि छक्क पर्नु पनि स्वभाविक नै हो । भाडामा ५० प्रतिशतसम्म वृद्धि गर्न पाउने कुरा उनले सुनेका थिए । पाँच गुना बढी भाडा लिएपछि उनले प्रतिवाद गरे । चालकले भाडा घट्ने कुरै गरेनन् । अन्तमा दुई हजार रुपैँया भाडा तिरेर उनी रातको १२ बजे काठमाडौँं पुगे ।
लिखु तामाकोशी गाउँपालिका–२ दुरागाउँका विजय सुनुवार पनि एक दिनभरि लगाएर हिँडेर काठमाडौंँ जान गाउँबाट मन्थली आए । मन्थली बजारमा बाक्लै गुड्ने सुमोले टिकट नकाट्ने शर्त राखेर दुई हजार ५०० देखि तीन हजरसम्म भाडा मागेपछि उनी पनि छक्क परे । गाडी भाडा सुनेर के गर्ने भन्ने दोधारमा पर्नुभएका उनी अन्तिममा टिकट नकाटी दुई हजार ५०० भाडा तिरेर काठमाडौंँ गए ।
यी दुई उदाहरण मात्र हुन् । अहिले असहज अवस्थाको मौका छोपेर सवारी साधनले मनलाग्दी भाडा असुल्दा दैनिक सर्याको सङ्ख्यामा यात्रु ठगिएका छन् । सर्वसाधारणको बाध्यताको फाइदा यातायात सञ्चालकले लिइरहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामेश्वर पाण्डे बिरामी बोक्ने, शक्ति र पहँुचका भरमा सञ्चालन भएका र प्रशासनबाट पास लिएका केही सार्वजनिक सवारी साधनले बढी भाडा लिएको गुनासो आएको बताउछन् । अहिलेसम्म बढी भाडा असुल्ने १५ भन्दाबढी निजी सवारीलाई कारवाही गरिएको उनले बताए ।
बढी भाडा लिएको गुनासो आएसँगै चेकजाँचमा कडाइ गरिएको उनले बताए । उनले ले सोधखोज गर्दा आफूसँग लिएको भाडाका बारेमा सत्य बोल्न यात्रुहरुसँग आग्रह समेत गरे ।
रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिरामी लैजाने र अन्य विभिन्न प्रयोजनमा काठमाडौँं जाने पास लिएका सार्वजनिक सवारीले बढी भाडा लिएको गुनासो आएसँगै त्यस्ता सवारीलाई दिइने पासमा थप कडाइ गरिएको बताए । उनले भने, “बढी भाडा असुलेको गुनासो आएपछि चोकजाँमा थप कडाइ गरी बढी भाडा लिने सार्वजनिक तथा निजी सवारी साधनलाई कारवाही गरिएको छ’, उनले भने । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस
असार १०, २०८१ सोमबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
असार ५, २०८१ बुधबार
दोलखा घर भएका अजितले आफैले बोकेको राइफलबाट निधारमा गोली हानेको प्रहरीको निष्कर्ष
असार ५, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई सितल चौतारीमा विशेष छुट
असार १२, २०८१ बुधबार