निगमले जुलाई ३१ तारिखदेखि उद्धार उडान गर्ने
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २३:१०:२२
११ साउन, काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि जुलाई ३१ तारिखदेखि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने भएका हुन् ।
निगमका प्रवक्ता अर्चना खड्काले छिट्टै उद्धार उडानको तालिका बनाइने जानकारी दिए । यसैबीच निगमको जुलाई २७ तारिखका लागि बैंगलौर–काठमाडौँ उद्धार उडान दुई दिनपछि अर्थात् जुलाई २७ तारिखका लागि सारिएको विज्ञप्तिमार्फत जनाएको छ । यसबाट यात्रुवर्गलाई पर्न गएको असुविधामा निगमले क्षमा मागेको छ । निगमका उद्धार उडान तालिका र भाडादर सम्बन्धि जानकारी चाहिएमा निगम कार्यालयमा फोन तथा वेवसाईटमा हेर्न पनि अनुरोध गरेको छ ।
यता हिमालयले पनि ३१ जुलाईमा चीनको कुनमिङमा चार्टर्ड उडान गर्ने जनाएको छ । थप उडानको यकिन भइनसकेको कम्पनीले उल्लेख गरेको छ । यसअघि उद्धार उडानका लागि नेपालका दुई तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए । गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याएका हुन् ।
नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । दोस्रोपटक जुलाई १२ र तेस्रो पटक जुलाई २१ सम्म उडान गरेको थियो । हिमालयले जुन १६ देखि जुलाई १२ र जुलाई २१ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो ।
सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी० को निर्णयअनुरुप विभिन्न चरणमा नेपाली स्वदेश फर्काइएको हो । अहिलेसम्म करिब ३५ हजार नेपाली स्वेदश फर्किसकेका छन् ।
सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने निर्णय गरिसकेको छ । बन्दाबन्दीको झण्डै पाँच महिनापछि हुने नियमित उडान एक तिहाइ सङ्ख्यामा मात्रै हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सङ्क्रमणमुक्त हवाई यात्राका लागि सुरक्षा प्रोटोकल बनाएर सुरक्षित उडान गर्नुपर्ने भएकाले दुवैतर्फ थोरै सङ्ख्यामा उडान हुनेछ । कुन गन्तब्यमा कति उडान गर्नेभन्नेबारे प्राधिकरणले सरोकारवालासँग छलफल गरिरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियतर्फ दैनिक १५ र आन्तरिकतर्फ ४० देखि ५० सम्म उडान हुनसक्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार
सरकारले बढायो सार्वजनिक यातायातको भाडा
पुष २२, २०८१ सोमबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भुकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
पुष २३, २०८१ मंगलबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सोचमा सरकार
पुष २३, २०८१ मंगलबार
सार्वजनिक यातायात : सरकार भाडा दर मात्र बढाउँछ छैन सुधारका योजना [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
पुष २३, २०८१ मंगलबार
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
पुष २३, २०८१ मंगलबार