जुम्ला कोरोनामुक्त जिल्ला घोषित
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार १५:४:९
१२ साउन, सुर्खेत । जुम्ला जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो ।
प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरज थापाले भने, “प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक कामले यो सफलता प्राप्त भएको हो । अझै कोरोनाको जोखिम कायम रहेको हुँदा सावधानि अपनाउन म आग्रह गर्दछु । ”
प्रतिष्ठानले हालसम्म करिव २० जनाको पिसिआर परीक्षण गरिसकेको छ । आइसोलेसनमा बाँकी रहेका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमितको सङ्ख्या शून्य भएको प्रतिष्ठानका कोरोना फोकल पर्सन प्राडा धीरज गुरुङले बताए । “शुरु शुरुमा कोभिड कम भए पनि बिचमा बढ्यो । डर घट्यो । जिल्लालाई यो स्थानमा ल्याउन सबै पक्षको सहयोग रहेकाले नतिजा सबैका नेगेटिभ आएको छ । तर परीक्षण दायरा बढाउँदा अझै भेटिन सक्ने भन्दै सबै अझै सजग हुनुपर्छ” उनले भने ।
प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछि प्रतिष्ठानले कोरोना परीक्षण गरेको जानकारी दिए । उनले भने, “पिसीआर उपकरण स्थापना गरी सञ्चालन, कोरोना जाँच र स्वाँव सङ्कलनमा उच्च प्राथमिता दिएका कारण यो सफलता हात परेको हो । ”
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कोभिडको त्रासको अवस्थामा स्वास्थ्यकर्मी र सरोकारवाला निकायले गरेको सहयोग अतुलनीय रहेको बताए । उनले हुम्ला, मुगु, दैलेख, कालीकोटसहित आवश्यकता परेको स्थानमा काम गर्न चिकित्सक, स्वास्थ्यकर्मी, परिचालन भएको जानकारी दिए ।
सङ्क्रमित शून्य भएपछि कोभिडविरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई आइतबार सम्मान गरिएको थियो । जिल्लामा सबै उपलब्ध नहुने भएकाले साङ्केतिक रुपमा उपलब्ध स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको हो । जिल्ला प्रशासन कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा कोरोनाविरुद्ध लड्ने प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले अहिले सङ्कटको समयमा स्वास्थकर्मी नागरिकका लागि वास्तविक नायक सावित र अझै राष्ट्रसेवकले राज्यलाई आवश्यक परेको समयमा निरन्तर सहयोग गर्नेमा दुईमत नभएको बताए ।
परीक्षण गरिएकामध्ये ६९ जनालाई कोरोना सङ्क्रमण देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनले भने, “आइसोलेसनमा रहेका एक जना आइतबार निको भएर गएपछि जुम्ला जिल्ला कोरोनामुक्त भएको हो । ६९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।” त्यसैगरी ४०९ जनाको आरडिटी परीक्षण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार