के आजको घटाई डरलाग्दो नै छ की सामान्य करेक्सन, कारोवार रकमले के देखायो ?
आर्थिक संवाददाता
साउन १३, २०७७ मंगलबार २२:११:१७
१३ साउन, काठमाडाैं । आज पनि बजारमा बिक्रीकर्ता हावी हुँदा नेप्से परिसूचक ० दशमलव ५२ प्रतिशतले घट्दै बजार बन्द भएको छ । नेप्से परिसूचक १४५४.८९ को विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक ७ दशमलव ५९ अंकले घट्दा कारोवार रकम १ अर्ब २५ करोड रहेको छ ।
कारोवार रकम भने हिजोको तुलनामा घटेको छ। बजार घट्दा कारोवार रकम घट्नुलाई बिक्रीकर्ता हावी भए पनि बजारमा बिक्रीकर्ताहरु आत्तिएको अवस्था छैन भनेर देखाउँछ।
आज बजार १४६३.८१ को विन्दुमा खुलेकोमा ११ बजेर ०९ मिनेटमा १४६६.०४ को उच्च विन्दु समातेको थियो । त्यस्तै ११ बजेर २८ मिनेट जाँदा १४४९.८६ को न्यून विन्दु समातेको थियो ।
प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १४८० । प्रतिरोध १ः १४६० । टेवा १ः १४५० । टेवा २ः १४१७
? आज शेयर बजारमा उतारचडाब कम देखिए पनि विक्रेताको चाप केहि देखिन्छ। आजको बजार प्रवृत्तिले बियरिस मैनबत्तीको चित्र बनाएको छ। यसले क्रेताभन्दा विक्रेताको चाप भएको जानकारी दिएको छ।
? दैनिकी अवधिमा “आरएसआई” ६० दशमलब ९२ को बिन्दुमा छ। यो अक्सिलेटरले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको जानकारी दिएको छ ।
? “एडिएक्स” र जोड /बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा क्रेताको चाप रहेको जानकारी दिएको छ।
? “अन ब्यालेन्स भल्यूम” ले निश्चित रुपमा केहि जानकारी दिएको देखिन्दैन ।
नेप्से बढेमा पहिलो प्रतिरोध १४६० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १४५० को क्षेत्रमा पाउने देखिन्छ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १० करोड ३५ लाख बराबरको शेयर खरिद बिक्री भएको छ । मिर्मिरे लघुवित्तको शेयर मूल्य सर्वाधिक ९ दशमवल ९४ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै पोखरा फाईनान्सको शेयर मूल्य सर्वाधिक ५ दशमलव ०३ प्रतिशतले घटेको छ।
आज फाइनान्स र म्युचअल फण्ड उपसुचकमा मात्र वृद्धि देखिएको छ भने अन्य सबै उपसुचकमा गिरावट आएको छ। आज ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक गिरावट आएको छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार