हाम्री दिदीलाई सुहाउने रातो सारी
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २०:२:१
१३ साउन, काठमाडौं । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीजका नया नया गीतहरु बजारमा सार्बजनिक हुने क्रम जारि छ । यसै क्रममा चितवनमै रेकर्डिङ तथा छायांकन गरिएको नया तीज गीत हाम्री दिदीलाई सुहाउने रातो सारी सार्बजनिक गरिएको छ ।
ह्याप्पी मिडियाको आधिकारिक यु-ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको सो गीतमा सुष्मा पराजुली र कृष्ण अधिकारीको स्वरले सजिएको छ । गीतमा रामु आचार्यको शब्द तथा कृष्ण अधिकारीको संगीत छ ।
ह्याप्पी मिडिया नेटवर्कको निर्माणमा पूर्वी चितवनमा छायांकन गरिएको सो गीतको भिडियोमा सुरेन्द्र भण्डारीको निर्देशन रहेको छ । गीतमा इमान बस्नेत र मदन अच्छामीको छायांकन, अर्जुन महतोको ड्रोन अपरेटिङ साथै सुरेन्द्र भण्डारी र रामु आचार्यको संयुक्त सम्पादन रहेको छ ।
वर्षदिनको तीजमा चेली र माईतिको महत्व बिषयमा गीत केन्द्रित छ । कोरोनाको प्रकोपले माईत जान पाइदैन कि भन्ने शंका साथै सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउदा आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई गीतले समेटेको छ ।
किशोर तिवारीको कम्पोज भएको गीत ए टु स्टुडियो, भरतपुरमा रेकर्डिङ गरिएको हो । गीतमा रामु आचार्य,यसोदा तिमल्सिना आचार्य, प्रकृति लामिछाने, संजय दुवाडी, टिकाराम लामिछाने, एलिना बर्देवा लगाएतको अभिनय देख्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार