मास्क नलगाई हिडडुल गर्ने १२३ जना प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार १७:६:४०
◊ धीरुभाइ
१४ साउन, सप्तरी । मास्क नलगाई सार्वजनिक स्थलमा हिडडुल गर्ने १२३ जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सार्वजनिक स्थलमा मास्क नलगाई हिलडुल गर्नेलाई कारवाही गर्ने दुई दिन अघि जारी गरेको सूचनालाई अटेर गरी हिडडुल गरेपछि नियन्त्रणमा लिएका प्रहरीले बताइएको छ ।
राजविराज नगरस्थित महाबीर स्थान, गजेन्द्र चौक, शहिद चौक, रुपनी मोड तथा कन्चनरुप नगरपालिका लगायतका स्थानहरुबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हाट, बजार र पूर्व–पश्चिम राजमार्गबाट नियन्त्रणमा लिइएका १२३ जनाबाट प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना तिराएर छाड्ने गरेको जिल्ला प्रशासन कार्यालय, सप्तरीले जनाएको छ । सो जरिवाना वापत १२ हजार ३०० राजस्व सङ्कलन भएको प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले संक्रमण नियन्त्रणका लागि गत आइतबार सूचना जारी गरी अनिवार्य रुपमा मास्क प्रयोग गर्न भनिएको थियो । सूचनामा मास्क नलगाउनेलाई कारवाही गर्ने चेतावनी समेत दिएको थियो ।
सूचना जारी गरेर दुई दिन आइतबार र सोमबार मास्क नलगाई सार्वजनिक स्थलमा हिलडुल गर्नेलाई सचेत गराइएको थियो । तरपनि वेवास्ता गरिएको पाइएपछि कारवाही थालिएको प्रहरीले बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
सर्लाहीको बरहथवा बजारमा आगलागी, तीन करोड बराबरको सम्पत्ति जलेर नष्ट
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत नेपाली माटोबाट जन्मिएको होः प्रधानमन्त्री
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्रीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना
कात्तिक १७, २०८१ शनिबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
कात्तिक १७, २०८१ शनिबार
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
कात्तिक १७, २०८१ शनिबार