नेपाली कांग्रेस बीपीमा तरुणहरुको आर्कषण, पार्टी प्रवेशको लहर तीव्र
नेपालबहस संवाददाता
साउन १४, २०७७ बिहिबार ३:१४:५८
१४ साउन, काठमाडौं । देश कै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको नेतृत्व पानी मरुवा भएकोले आ–आफ्नो राजनीतिक भविश्य नभएको भन्दै सो पार्टी परित्याग गरि नवगठित नेपाली कांग्रेस (बीपी) मा प्रवेश गर्नेहरुको लहर देखापर्न थालेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भ्रष्ट र एकलकाँटे कार्यशैलीका कारण सो पार्टी परित्याग गरि नेपाली कांग्रेस बीपी गठन गरेका हरिबोल भट्टराई र शुशीलमान शेरचन लगायतका नेताहरुको प्रभाव विस्तारै देखिन थालेको छ । बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद र संवैधानिक राजतन्त्रको सिद्धान्तलाई अक्षरस पालना गर्ने बताउँदै आएको नेपाली कांग्रेस बीपीमा यतिबेला कार्यकर्ताहरुको आकर्षण बढ्न थालेको छ ।
हिजो मात्र सो पार्टीको भातृसंस्था तरुण दल (बीपी) मा काठमाडौंका दुई सय भन्दा बढी नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् । देशव्यापी संगठन निमार्ण अभियानमा जुटेको सो पार्टीमा भोलि पनि ५ सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेस परित्याग गरि बीपी कांग्रेसमा प्रवेश गर्न लागेको महामन्त्री शुशीलमान शेरचनले जानकारी दिएका छन् । सो पार्टीले हिजो मात्र तरुण दल बीपीको काठमाडौं जिल्ला शाखा गठन गरेको छ ।
५१ सदस्यीय नवगठित कार्यसमितिको अध्यक्षमा सूर्यनारायण शर्मा हुमागाई चयन भएका छन् । सोही कार्यक्रममा १५० जना तरुण युवाहरुको प्रवेश भएको थियो । प्रमुख अतिथी पार्टीका महामन्त्री सुशीलमान शेरचनले नवप्रवेशीहरुलाई अबीर लगाएर स्वागत गर्दै तरुणहरुको भूमिका र अबको चुनौतीका बारे प्रकाश पारेका थिए ।
त्यस्तै केन्द्रिय सदस्य बिष्णु ढकाल र दीपक कार्की, नेबिसंघका महामन्त्री बिकास पाण्डे, नुवाकोट सभापति श्याम गुरुङ लगायतले नवप्रवेशी तरुणहरुलाई सम्बोधन तथा स्वागत गरेका थिए । सो कार्यक्रमको सभापतित्व तरुण दलका केन्द्रिय सभापति प्रद्धुम्नजंग कार्कीले गरेका थिए भने सह–सभापति रोमन पुरीले स्वागत भाषण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने
असोज १०, २०८१ बिहिबार
बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक
असोज ६, २०८१ आइतबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार