नगरपालिकाकाे बदमासी:- नक्कली शिव मन्दिरका नाममा ५० लाख स्वाहा !
नेपालबहस संवाददाता
साउन १५, २०७७ बिहिबार १७:३७:३
◊ दीपक शर्मा
१५ साउन, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वार्ड न २ मा रहेको शिव मन्दिरलाई पर्यटकीय स्थल बनाउनका लागि नेपाल सरकारले लगाएको लगानीको दुरुपयोग भएको पाइएको छ । नेपाल सरकारले तोकेको नेपालका १ सय वटा पर्यटकीय गन्तव्य मध्ये एउटा बर्दियाको बारबर्दिया नगरपालिकामा रहेको शिव मन्दिर पर्यटकीय स्थलमा ५० लाख भन्दा बढी रकम खर्च भैसकेको भएपनि काम भने त्यति रकम बराबरको देखिएको छैन् ।
बबई नदीको किनारमा सामुदायिक वनको जमिनमा बनाइदै गरिएको सो शिव मन्दिरमा शिवको मन्दिर भने छैन् । सो जमिनमा बबई नदीमा पुल निर्माणका लागि आयोजना बसेको थियो । उसले सोही स्थानमा बनाएको भवन अहिले पनि रहेको छ । पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि बनाइदै गरिएको भनिएको सो स्थानमा अहिलेसम्म भौतिक निर्माणका लागि ५० लाख भन्दा बढी रकम खर्च भैसकेको दावी गरिएकाे छ ।
तर सामान्य तारजाली बाहेक अन्य काम भएको पाइएको छैन । पहिले उपभोक्तामार्फत गरिएको काम गएको वर्ष टेन्डरमार्फत गरिएको हो । चालु आर्थिक वर्षमा पनि थप २५ लाख रुपैया छुटयाइएको छ । पाच वर्षे रणनीति अनुसार काम भैरहेको भएपनि प्रत्येक वर्ष आउने २५ लाख रुपैयाँ नगरपालिकाको मातहतमा रहने र नगरपालिकाले आफनै हिसाबले काम गरिरहेको हो ।
धार्मिक र पहिचानका हिसाबले अहिले बनिरहेको स्थानमा नभई शिव मन्दिर भएकै सोही वडाको अर्काे स्थानमा बनाउने गरी पर्यटन मन्त्रालयबाट बजेट सिधैं नगरपालिकामा आउने गरेको हो तर नगरपालिकाले स्थानीय समुदायको आग्रह भन्दै स्थान परिवर्तन गरी अन्यत्र शिवमन्दिरको नाममा शिवमन्दिर पर्यटकीय स्थल बनाउन लागेको हो । जहाँ पर्यटकीय स्थल भनिएको छ, त्यहाँ कुनै धार्मिक महत्व झल्किदैन । शिवको मन्दिर पनि छैन, बारबर्दिया नगरपालिकाले आफैले निर्णय गरेर सो स्थानमा पर्यटकीय स्थल बनाउने निर्णय गरेको हो । यसरी मन्त्रालयले जुन स्थानका लागि बजेट पठाएको हो सो स्थानमा नभई अन्यत्र नक्कली शिव मन्दिर बारबर्दिया नगरपालिकाले खडा गरी पर्यटकीय स्थल बनाउन लागेको हो ।
नेपालका १ सय पर्यटकीय गन्तव्यस्थल मध्ये एक भनिएको सो स्थानमा पार्क बनिरहेको छ भन्ने जानकारी स्थानियबासीलाई समेत थाहा नदिएको अमृतकुमार थारुले बताए । मधुवन र बारबर्दिया नगरपालिकाको सीमा क्षेत्र बबई नदीसगै जोडिएको बारबर्दिया नगरपालिका बार्ड न २ जोगीगाउँ नजिकै हरियाली सामुदायिक वनको जमिनमा बनाइएको सो शिव मन्दिर पार्कमा हालसम्म ५० लाख भन्दा बढी खर्च भैसकेको छ । सो रकम भौतिक संरचना निर्माणमा खर्च भएको भनिएतापनि रकम बराबरको भौतिक संरचना निर्माण भएको देखिदैन । आफनै घरआगनमा बनिरहेको पार्क कुन उदेश्य र कुन तरिकाबाट बनिरहेको छ भन्ने विषयमा स्थानीय नागरिक तथा सोही सामुदायिक वनका उपभोत्ताहरुलाई पनि जानकारी दिइएको छैन ।
शिव मन्दिर व्यवस्थापन र नेपालका सयौं पर्यटकीय गन्तव्य मध्ये एउटा मानिएको सो पार्क बनिरहेको स्थानमा मन्दिर भेटिदैन । शिव मन्दिरको नाममा आएको रकम नगरपालिकाले आफु खुशी तथा राजनीतिक पुर्वाग्रहका कारण मनोमानी गरेको पाइन्छ । यसले आफनै गाउँठाउँमा बनिरहेको पर्यटकीय स्थलको बारेमा स्थानियबासी स्वयम जानकार नहुनु भविश्यमा पार्कको व्यवस्थापनको विषयमा जटिलता देखिने स्थानीय प्रदेशी थारुको भनाई रहको छ । पर्यटन मन्त्रालयबाट सिधैं बारबर्दिया नगरपालिकाको खातामा आउने सो रकम दुरुपयोग हुने गरेको हो ।
पर्यटन मन्त्रालयले शिव मन्दिर व्यवस्थापन भनेर पठाएको बजेट नगरपालिकाले अन्यत्रै खर्च गरेको हो । नगरपालिकाले मनोमानी तरिकाले मन्त्रालयबाट गएको बजेट आफु अनुकल सामुदायिक वनको जमिनमा शिव मन्दिर व्यवस्थापन पर्यटकीय स्थल भनेर पार्क बनाउन लागेको हो । पार्क निर्माण हुन पर्यटकीय स्थल निर्माण हुनु स्थानियबासीको आर्थिक सामाजिक स्तर बृद्धि हुनमा पनि मद्धत पुग्दछ । तर यसरी आफु अनुकुल नगरपालिकाले गर्दा स्थानियबासीमा भने उत्साह देखिदैन । यो नगरपालिकाको दादागिरीपन भएको बारबर्दिया नगरपालिका वार्ड न २ का राजेन्द्र चौधरीले बताए ।
मन्त्रालयबाट शिव मन्दिर पर्यटकीय स्थल भनेर आएको बजेटलाई नगरपालिकाले शिव मन्दिर नभएको स्थानमा योजना बनाएपछि अहिले त्यसको व्यापक विरोध सुरु भएको छ । बारबर्दिया नगरापालिका वार्ड न २ मा रहेको शिव मन्दिर एउटा मात्रै छ त्यो पनि निर्माणाधीन अवस्थामा रहेको छ । सो शिव मन्दिर स्थानियबासी आफैले निर्माण गरेका हुन् । गाउँको बीच बाटोमा रहेको सो शिव मन्दिर निर्माणका लागि नगरपालिकाले कुनै सहयोग गरेको देखिदैन तर त्यही शिव मन्दिर पर्यटकीय स्थल निर्माण गर्ने भनेर सामुदायिक वनको जमिनमा नेपालका सयौं गन्तव्य मध्ये एउटा निर्माण गरिदैछ ।
जसलाई स्थानीय चलनचल्तीमा दङ्घीशरण पार्क भनेर भनिएको छ । २०७५ सालबाट निर्माण गर्न लागिएको सो पार्क बर्दिया क्षेत्र न २ का सांसद सन्तकुमार थारुको अगुवाईमा निर्माण गर्न लागिएको हो । उनकै पहलमा अहिले पनि वार्षिक रुपमा बजेट आउने गरेको छ । धार्मिक हिसाबले थारु समुदायका राजा दङ्घीशरण राजाको सम्झनामा सो पार्क निर्माण गर्न लागिएको बारबर्दिया नगरपालिका वार्ड २ का वडाध्यक्ष खुसीराम थारुले बताए ।
श्रीहरियाली सामुदायिक वन भित्र निर्माण गर्न लागिएको सो पार्क निर्माणका लागि स्थानीय तहले जमिन खोज्ने क्रममा सो सामुदायिक वनको जग्गामा पार्क बनाउनु पर्छ भनेपछि पार्क निर्माण कार्य थालिएको हरियाली सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष मनोजकुमार चौधरीले बताए । साथै उनले उपभोक्ता समुहबाट निर्णय गराएर काम थालनी गरिएको तर यो विषयमा डिभिजन वन कार्यालयलाई जानकारी नगराएको र कार्ययोजना पनि नबनाएको बताए ।
मन्त्रालयबाट आएको बजेटलाई सदुपयोग गर्दै स्थानीय वन भित्र पर्यटन प्रबद्र्धनका लागि पार्क निर्माण गर्न लागिएको बारबर्दिया नगरपालिकाले जनाएको छ । तर नियम भने आफुखुशी गर्दै आइरहेको हो । सामुदायिक वनको जग्गा भएका कारण उपभोत्ता समुहबाट निर्णय गराएर नै उक्तस्थानमा पार्क बनाउन लागिएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु कबिरले बताए ।
७६ हेक्टर जमिन रेहको हरियाली सामुदायिक वन भित्रको १ सय वर्गमिटर क्षेत्र पार्क निर्माणका लागि छुट्याइएको छ । सामुदायिक वन भित्र भौतिक संरचना तथा पार्क निर्माण लगायतका कार्य गर्नका लागि ५ देखि अधिकतम १० वर्षको कार्ययोजना बनाउनु पर्दछ तर त्यस सामुदायिक वन भित्र पार्क निर्माण गर्ने भनेर कुनै कार्ययोजना नबनेको र वन एेन २०७० सालदेखि यता डिभिजन वन कार्यालयमा नविकरण नभएको अवस्थामा स्थानिय तहले कसरी त्यस सामुदायिक वनभित्र पार्क निर्माण गर्दैछ भन्ने विषयमा डिभिजन वन कार्यालय अनभिज्ञ रहेको छ ।
हरियाली सामुदायिक वनले कार्ययोजना नबनाएको र नविकरण पनि नगरेको अहिलेको अवस्थामा सो सामुदायिक वन भित्र निर्माण हुने भौतिक संरचना तथा कुनै पनि किसिमका पार्कहरु कानुनत बैध नहुने डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माले बताए ।
सामुदायिक वन भित्र भौतिक संरचना तथा पार्क लगायतका कार्य गर्दा भविश्यमा गरिने कार्यका विषयमा कार्ययोजना बनाउनु पर्दछ । कार्ययोजना बनाइसकेपछि डिभिजन वन कार्यालयबाट अनुमति लिएर मात्रै यस्ता खालका काम गर्न पाइने कानुनी व्यवस्था हुदाँहुँदै स्थानीय तहको मनोमानीका कारण बजेटको सदुपयोग हुन नसक्ने हो कि भन्ने चिन्ता स्थानियबासीलाई रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार