नेपालबाट २८ देशका ६७१ विदेशी पर्यटक निष्कासित
नेपालबहस संवाददाता
साउन १५, २०७७ बिहिबार १५:३२:९
१५ साउन, काठमाडौं । नेपालबाट ६ सय ७१ जना विदेशी पर्यटक निष्कासित भएका छन । यसरी निकालिनेमा धेरैजसो भिसा अवधि सकिएका छन । अध्यागमन विभागका अनुसार सन् २०१९ मा ‘ओभर स्टे’को कसुरमा ५७८ र अन्य कसुरमा ९३ जना विदेशीलाई नेपाल सरकारले सम्बन्धित मुलुकमा फिर्ता गरेको हो ।
अध्यागमन विभागका अनुसार एक वर्षको अवधिमा इरानका १९ जना नागरिक जाली राहदानी तथा भिसा रहेको अभियोगमा नेपालबाट निष्कासनमा परेका छन् । यो अभियोगमा नाइजेरियाका ३ जना परेको अध्यागमनको तथ्याङ्कमा उल्लेख छ । जाली भिसा लिएर आएका ३ जना बंगलादेशका, २ जना श्रींलकाका र एकरएक जना काजकिस्तान र उज्वेकिस्तानका नागरिकसमेत निष्कासनमा परेका छन् ।
विभागका अनुसार विदेशीहरू यौन दुराचार, बैंकिङ कसुर, विना पासपोर्टरभिसा नेपाल प्रवेश, लागुऔषध, चौरीपैठारी, अवैध हुण्डीरविदेशी मुद्रा अपचलन, ठगी, कल बाइपासजस्ता अभियोगमा मुछिने गरेका छन् । त्यसबाहेक ओभरस्टेको संख्या भने ठूलो छ । विभागका अनुसार सुन चोरी पैठारीको अभियोगमा पक्राउ परेका चार जना चिनियाँ नागरिकलाई समेत सन् २०१९ मा नेपालबाट निकालिएको छ ।
हुण्डी र विदेशी मुद्रा अपचलन गरेको आरोपमा एक चिनियाँ नागरिक निष्कासनमा परेका छन् । रुसका ४ जना नागरिक लागुऔषध प्रयोग गरेको आरोपमा निष्कासनमा परेको विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालबाट २८ वटा मुलुकका नागरिक विभिन्न कसुरमा निष्कासनमा परेका छन् । यसरी निष्कासनमा पर्नेमा इरान र अफ्रिकी मुलुकका नागरिकको संख्या धेरै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार