सप्तरीमा एक प्रहरीसहित पाँच जनामा कोरोना, संक्रमितको संख्या ४७० पुग्यो
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार १९:०:४७
◊ धीरुभाइ
१६ साउन सप्तरी । कोरोना भाइरस संक्रमण एक प्रहरीसहित थप पाँच जनामा पुष्टि भएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या ४७० पुगेको बताइएको छ ।
यता थप भएका प्रहरीसँगै जिल्लामा छ जना प्रहरी कोरोना भाइरसबाट संक्रमित भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । संक्रमित प्रहरीमध्ये चार जना निको भएर डिस्चार्ज भइसकेका उनले एक जना आइसोलेसनमा उपचारत र नयाँ एक जनालाई आइसोलेसनमा ल्याउने तयारीमा रहेको बताए ।
हिजो राती थपिएका संक्रमितहरुमा राजविराज स्थित प्रहरी तालिम इकाइ केन्द्रका ३० वर्षीय प्रहरी हबल्दार, राजविराज नगरपालिका वार्ड नम्बर ६ का ४५ वर्षकी महिला, सोही वार्डका उमेर नखुलेका एक पुरुष, र वार्ड नम्बर नखुलेका २७ र २८ वर्षका पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका शर्मिला चौधरीले बताइन ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवका अनुसार गएराती अबेर ३८६ जनाको स्वाब परीक्षणको रिपोर्ट प्राप्त भएको छ । रिपोर्ट अनुसार थपिएका संक्रमितहरुमा एक प्रहरी, एक महिला, एक फलफूल व्यापारीसहित पाँच जना रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार