प्रधानमन्त्रीको गृहनगरमा युवा नेता रिजालको दावी, कांग्रेसलाई सवल र सक्षम बनाउने संकल्प
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार २१:०:३३
१८ साउन, झापा । नेपाली कांग्रेसको गौरवशाली राजनीतिक यात्रामा अहिले किन र कसरी ब्रेक लाग्यो भन्ने बिषयमा दमकमा व्यापक छलफल र बहस शुरु हुन थालेको छ । कुनै समयमा वर्तमान प्रधानमन्त्रीलाई चुनौति दिंदै डा. गोपालप्रसाद कोइरालाले यसै क्षेत्रबाट सांसद समेत जित्न सफल भएको झापाको अहिलेको निर्वाचन क्षेत्र नं. ५ र त्यसलाई लिड गरिरहेको दमक कांग्रेसको अहिलेको गतिविधि त्यति सक्रिय भने देखिएको छैन ।
कुनै समयमा स्थानीय निकायको निर्वाचनमा अधिकांश वडाहरुमा आफ्नो बर्चस्व कायम राख्न सफल भएको दमक कांग्रेस गत स्थानीय निर्वाचनमा शुन्यमा सिमित हुनु नेतृत्वकै कमजोरी र व्यक्तिगत महत्वकांक्षाको कारण हो भन्ने कुरालाई दमक कांग्रेसका अगुवा कार्यकर्तादेखि साधारण सदस्यसम्म सबैले मनन गरिरहेका छन् ।
नेतृत्वमा बसिसकेपछि संगठनलाई चलायमान बनाउन सक्नुपर्छ, सरकारका गलत क्रियाकलाप र स्थानीय जनप्रतिनिधिहरुका मनोमानी ढंगका कामहरुमा नेपाली कांग्रेसले प्रमूख प्रतिपक्षको भूमिका दृढताका साथ प्रस्तुत गर्न र पार्टीका कार्यक्रमहरु आम नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई सूसुचित गराउन सक्नु पर्दछ भन्छन्, नेपाल बिद्यार्थी संघका पूर्व जिल्ला सभापति तथा दमक कांग्रेसका हस्ती युवा नेता पर्शुराम रिजाल ।
पार्टीको आसन्न चौधौं महाधिबेशनमा युवा नेतृत्वलाई अवसर दिनुपर्ने र युवाहरुलाई राजनीतिमा अगाडि बढाउनु पर्ने कुरामा जोड दिदैं आएका रिजाल पार्टीले क्रियाशिल सदस्यता वितरणदेखि गाउँ नगरको अधिवेशनमा बढी चनाखो भएर योग्य, सक्षम र संगठनमा लगानी गरेका जुझारु युवा पुस्तालाई अवसर दिनुपर्ने बताउँछन् । यसले गाउँ तथा नगरमा सुस्ताएको कांग्रेसलाई ब्यूँत्याउँदै थप उर्जाशिल बनाउन सकिने र आगामी स्थानीय, प्रदेश तथा केन्द्रीय निर्वाचनमा बिजय हाँसिल गर्न सकिने उनको दावी छ ।
दमक वर्तमान प्रधानमन्त्रीको गृहनगर पनि हो । यहाँको कांग्रेसको नेतृत्व अत्यन्तै कुशल, सहिष्णु र सक्षम हुँदै जनताका समस्यामा आक्रामक पनि हुनुपर्दछ । यसका लागि पार्टी भित्र बिगतमा भएका कमी कमजोरीहरुबाट ज्ञान लिएर आगामी नेतृत्व छनौट गर्नुपर्ने नेता रिजालको धारणा छ । बिगतमा दमक नगरपालिकामा मन्त्री स्तरीय निर्णयबाट नगर विकास समितिको अध्यक्ष भई काम गरिसकेका रिजाल पाणिनी मा.वि.को बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष, दमक बहुमखी क्याम्पसको प्राज्ञिक सभाको सदस्य, नेपाली कांग्रेस नगर शिक्षा समितिको संयोजक जस्ता जिम्मेबारी सम्हाली सकेका जुझारु नेता हुन् ।
नेता रिजाल पार्टीमा लामो समय लगानी गर्नुभएका, जेष्ठ तथा आदरणीय अग्रज नेतृत्वलाई अभिभावका रुपमा सम्मान गर्दै युवा पुस्ताले नेतृत्व सम्हानु पर्ने कुरामा जोड दिन्छन् । अभिभावकको आर्शिवाद लिंदै आगामी चौधौ महाधिबेशनमा दमक कांग्रेसको नेतृत्व सम्हाल्ने सोचमा रहेका रिजालको पक्षमा देखिन थालेको लहरले दमक कांग्रेसलाई फेरी एकपटक पहिलाकै अवस्थामा पुर्याउन सकिने आशा पलाउन थालेको छ । निडर र हक्की स्वभावका युवा नेता पर्शुराम रिजालको पक्षमा दमक कांग्रेसमा बिस्तारै समर्थनका स्वरहरु मुखरित हुन थालेका छन् ।
बिगतका नेतृत्वबाट कांग्रेसले ब्यहोर्नु परेको पराजयलाई सम्हाल्न सक्ने दर्बिलो खम्बा दमकको नेतृत्वमा आउनु पर्ने र यसका लागि नेता रिजालले अग्रसरता लिनु पर्ने तमाम नेपाली कांग्रेसको भावना र चाहनालाई आत्मसात गर्दै यसपटकको दमक नगर समितिको नेतृत्व लिन रिजाल राजी भएसँगै पार्टीमा नयाँ रक्तसञ्चार भएको स्थानीय दमक कांग्रेसका नेता तथा कार्यकर्ताहरुको भनाई रहेको छ ।
दमक कांग्रेसमा सुशुप्त रुपमा देखिएको गुट र उपगुटले थङ्गथिलो बनाएको कांग्रेसलाई एकताबद्ध बनाएर लैजान सक्ने साहसिक नेतृत्वको खाँचो रहेको औल्याउँदै अबको महाधिवेशनमा युवाले नेतृत्व लिने र प्रौढ नेतृत्वले अभिभावकत्व ग्रहण गर्दै कांग्रेसलाई पुरानै अवस्थामा पुर्याउन संकल्पका साथ पार्टीको महाधिवेशनमा होमिन दमक कांग्रेसलाई नेता रिजालले आव्हान समेत गरेका छन् ।
यतिबेला दमकका १० वटै वडामा पार्टीको सांगठनिक विस्तारमा सक्रिय नेता रिजाल पार्टीलाई सवल र सक्षम बनाउँदै प्रधानमन्त्रीको गृहनगरमा कांग्रेसको दर्बिलो उपस्थिति देखाउन बिबिध कार्यक्रमहरुसहित नेपाली कांग्रेस जनताको घरदैलोमा पुग्नुपर्ने धारणा राख्छन् । सरकारका हालका गलत क्रियाकलाप, घुसखोरी र भ्रष्टाचारका बिरुद्धमा नेपाली कांग्रेस सडकमा जानुपर्ने बताउँदै उनले अब कांग्रेस सुतेर हैन सुरुवाल सुर्किएर फिल्डमा उत्रिनुको बिकल्प नरहेको बताए ।
युवा नेता रिजालले कांग्रेसले राम्रो सांगठनिक योजना र जनकेन्द्रित कार्यक्रमहरु ल्याउन सके आगामी निर्वाचनमा दमकमा कांग्रेसलाई एक नम्बरमा ल्याउन कुनै समस्या नरहेको र कार्यकर्ताको उच्च मनोवल सृजना गराउँदै बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्नसके दमक कांग्रेसलाई सफलताको सिढी चुम्न कसैले रोक्न नसक्ने पनि बताउँछन् । दमक कांग्रेसलाई एकताबद्ध बनाएर आम नेता तथा कार्यकर्तालाई जनताका समस्या र अप्ठ्याराहरुमा साथी र सहयोगीको भूमिका निभाउने काममा लगाउन जरुरी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने
बैशाख २३, २०८१ आइतबार
मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार