पोखरामा पर्यटन क्षेत्रका मजदूर काममा फर्किए
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार २०:५३:५४
१८ साउन, काठमाडौं । लामो समयको बन्दाबन्दीपछि सुस्ताएको पोखराको पर्यटन विस्तारै तङ्ग्रिन थाल्दैछ । चार महिनाको बन्दाबन्दीपछि विस्तारै सञ्चालनमा आउन थालेको पर्यटन व्यवसायले यहाँको चहलपहल बढाउनुको साथै मानिसहरुलाई आशा दिलाएको छ ।
पर्यटनसँग सम्बद्ध व्यवसायहरु खुलेसँगै त्यहाँ कार्यरत झण्डै २५ प्रतिशत मजदूर काममा फर्किएका छन् । सरकारले साउन १५ गतेदेखि पर्यटन क्षेत्र सञ्चालनको अनुमति दिएसँगै पर्यटन सम्बद्ध विभिन्न क्षेत्रमा आबद्ध मजदूर रोजगारीका लागि फर्किएको पोखरा पर्यटन परिषद्ले जनाएको छ ।
परिषद्का उपाध्यक्ष गोपी भट्टराईले भट्टराईले भने, “लामो समयको बन्दाबन्दीपछि पर्यटन व्यवसाय सञ्चालनमा आएको छ । अहिले व्यावसायिकरुपमा भन्दा पनि होटलको आन्तरिक व्यवस्थापनलगायतका कामका लागि होटल रेस्टुराँ, टे«किङ सप, ट्राभल खोलिएका छन् । सञ्चालनको प्रारम्भिक अवस्था भएकाले अहिले २५ प्रतिशत कर्मचारी मात्र रोजगारीमा फर्कने वातावरण बनेको छ ।”
उनको व्यवसायले गति लिन थालेपछि विस्तारै सबै पर्यटन मजदूर पूर्ववत्रुपमा कार्यक्षेत्रमा आउने विश्वास व्यक्त गर्नुभयो । भट्टराईका अनुसार पोखरामा पर्यटन क्षेत्र सम्बद्ध होटल तथा रिसोर्ट, रेस्टुराँ तथा बार, ट्रेकिङ ट्राभल्स एजेन्सी, प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, ट्रेकिङ इक्युपमेन्ट शप, इम्ब्रोइयरी एण्ड गार्मेन्ट शप, पर्यटक यातायात व्यवसायी, भिटोफलगायतमा गरेर करिब ३० हजारले रोजगारी पाएका छन् ।
पोखरामा ७०० होटल, १०० रेस्टुराँ एण्ड बार, १५९ टे«किङ एजेन्सी, १८१ वटा ट्राभल्स, ६८ वटा प्याराग्लाइडिङ, ११५ वटा ट्रेकिङ इक्युपमेन्ट शप, ७५ वटा इम्ब्रोइडरी एण्ड गारमेन्ट शप र ८६ वटा पर्यटक यातायात व्यवसायी रहेका छन् । यस क्षेत्रमा खर्बौंको लगानी रहेको छ । पोखराका ७०० होटल तथा रेस्टुराँमा मात्रै १२ हजार १९८ ले रोजगारी पाएका छन् ।
भट्टराईले पर्यटनलाई गतिशील बनाउन पूर्वाधार विकासलाई पनि जोड दिनुपर्ने बताए । “अहिलेको समयमा पर्यटकमैत्री भौतिक संरचनामा सरकारले विशेष चासो दिएर काम गर्नुपर्र्छ । निजी क्षेत्र पनि सरकारलाई सघाउन तयार छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार