गलित प्रचण्ड र उत्साही ओली वार्ता
कुसुम सेञ्चुरी
साउन १८, २०७७ सोमबार ०:४६:४०
१८ साउन, काठमाडौं । साउन १३ गतेका लागि नेकपा स्थायी कमिटी बैठक निर्धारित थियो । दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहान टेलिफोन वार्ता हुँदा त्यही सहमति कायमै थियो । यद्यपि ओली भने सहमति नजुटिकन बैठक नराख्ने पक्षमा थिए । तर प्रचण्डले ओलीको सो प्रस्ताव अस्वीकार गरेपछि भने बैठक बस्ने अनुमान धेरैको थियो ।
पूर्व निर्धारित तालिका अनुसार, साउन १३ गते बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बस्ने निश्चित थियो । सोही तालिका अनुसार प्रचण्डलगायत नेताहरु बालुवाटारतर्फ जाँदै थिए । ठीक पौने ११ बजे स्थायी कमिटी सदस्यहरुको मोबाइलमा म्यासेज आयो– आजका लागि निर्धारित स्थायी कमिटी बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।
साथै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक सञ्जालमा त्यही सूचना राखिसकेका थिए । त्यसपछि स्थिति अन्योलग्रस्त भयो । पार्टीका शीर्ष नेताहरु नै प्रचण्डलाई फोन गर्न थाले । के हो आजको बैठक पनि स्थगित गर्नुभएको हो ? यस्ता प्रश्नले प्रचण्डलाई थकित र गलित बनायो । अनि उनले माधव नेपाल, झलनाथ खनाललगायत शीर्ष नेताहरुसँग छलफल गरेर बैठक नरोक्ने सन्देश प्रवाहित गराए ।
घर फर्कन लागेका स्थायी कमिटी सदस्यहरु फेरि बालुवाटारतिरै हान्निए । बालुवाटार पगेर स्थायी कमिटी बैठकस्थमा पुगेका नेताहरु ओलीलाई बोलाउन आग्रह गर्दै थिए । सबैको सल्लाह अनुसार प्रचण्ड र झलनाथ खनाल ओलीलाई बोलाउन उनको कार्यकक्षतिर लागे । छलफल भयो । प्रचण्ड र खनालले एकपक्षीय रुपमा बैठक रोकेकोमा आपत्ति जनाए । साथै बैठकमा सहभागी हुन आग्रहसमेत गरे । तर ओलीले अस्वीकार गरे ।
त्यसपछि ओली र प्रचण्डबीचको तनाव अझै उत्कर्षमा पुग्यो । तर ओलीलाई सहयोग पुग्ने गरी बैठकमा उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव राखे । उक्त प्रस्तावले प्रचण्ड अझै अफ्ठेरोमा परे । उक्त घटनाक्रमपछि दुई अध्यक्षबीच लामाे छलफल भएन । ओली सचिवालयमा बलियो भएकाले प्रचण्डसँग वार्ता गर्न रुची देखाएनन् ।
यसैबीच प्रचण्ड निकट नेताहरुले ओलीसँग मिलेर पार्टी एकता प्रकृयालाई टुंगोमा पुु¥याउन दबाव दिए । त्यसले प्रचण्डलाई झुक्न वाध्य बनायो । अनि उनले ओलीसँगको सम्वादलाई फेरि जोड्ने तारतम्य बनाए । चार दिनसम्म ओलीको बेवास्तापछि हिजो प्रचण्डले पार्टी महासचिव विष्णु पौडेलसँग वार्ता गरे । ओलीसँग फेरि सम्वादको क्रम जोड्न आग्रह गरे ।
प्रचण्डकै आग्रह बमोजिम आज बिहान ओलीले छलफलका लागि डाके । आजको छलफलमा भने प्रचण्डले वरिष्ठ नेता खनाललाई साक्षीका रुपमा राखे भने ओलीले सुभाषचन्द्र नेम्बाङ । तीन घण्टा लामो वार्ताले पनि ठोस निकास भने दिएन । तर सम्वाद जारी राख्ने सहमति भने बनेको छ ।
अब प्रचण्ड भन्दा खनाल नै वार्ताका लागि अग्रसर भएको बुझिएको छ । बैचारिक र सैद्धान्तिक मुद्धामा कुनै विमति नरही केवल पद र सत्ताका लागि मतभेद भएकाले अहिले पनि सहमति जुटेको छैन । यही स्थिति रहँदा ओली अझै बलियो हुने अवस्था देखिएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपगण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार