पहिराेको उच्च जोखिम : लमजुङका १८ घर स्थानान्तरण
नेपालबहस संवाददाता
साउन १८, २०७७ सोमबार २:५५:१६
१८ साउन लमजुङ । पहिराेको उच्च जोखिममा रहेका पहाडी जिल्ला लमजुङका १८ घर स्थानान्तरण गरिएको छ । पहिराेले घरमाथि तर तलबाट घेरिएको जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका–३ अर्खले गाउँका उक्त घरका स्थानीयवासीलाई सो स्थानको नजीकै विद्यालय तथा सामुदायिक भवनमा सुरक्षित रुपमा आज स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
उनले भने, “केही दिनअघिको अविरल वर्षाले सो बस्तीका घरमाथि पहिरो आएको र बस्ती तलसमेत पहिरो गएको स्थलगत निरीक्षण गर्दा उच्च जोखिममा रहेकाले बस्ती स्थानान्तरण गरेका हौँ ।”सोही बस्तीमा स्थानीय रहिरहेमा मानवीय क्षतिसमेत हुन सक्ने भएकाले प्रजिअ शर्मा, सो गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापा, स्थानीय जनप्रतिनिध लगायतको टोलीले बस्तीको स्थलगत निरीक्षण गरेका थिए ।
जोखिमयुक्त बस्तीको निरीक्षणमा उच्च जोखिम पाएपछि बस्ती स्थानान्तरण गर्दै आज नै जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट १८ घरलाई नै खाद्यान्न, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी)का तर्फबाट गैरखाद्यान्न र नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखाका तर्फबाट त्रिपाल वितरण गरिएको प्रजिअ शर्माको भनाइ छ । यसअघि सोही वडाको तरापु पल्लोटारीमा गत ७ र ८ गतेको बाढीपहिराले ८३ घरधुरी विस्थापित भएका थिए । उनीहरुलाई समेत सुरक्षित स्थानमा राखिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही
मंसिर १०, २०८१ सोमबार
लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार