सिद्धेश्वर शिवालय मन्दिर परिसरमा वृक्षरोपण
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार १४:१२:५४
१९साउन, बागलुङ । गलकोट नगरपालिका–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिर परिसर र आसपासमा वर–पीपल, स्वामी र रुद्राक्षलगायत गरी १०८ वृक्ष रोपिएको छ ।
धार्मिक महत्वका साथै पर्यावरणीय स्वच्छता बढाउन आइतबार वृक्षरोपण गरिएको सिद्धेश्वर शिवालय सेवा समितिका अध्यक्ष ज्ञानबहादुर थापाले बताए। मन्दिर हुँदै पाण्डुकेशरी गुफा जोड्ने बाटोको सौन्दर्यीकरणका लागि धुपी, पारिजात, कल्की र कपुर पनि रोपिएको छ । वृक्षरोपण गर्दा मन्दिर परिसर र लाम्दारा सामुदायिक वन क्षेत्रलाई समेटिएको हो ।
“शिवालय मन्दिर र पाण्डुकेशरी गुफालाई जोडेर धार्मिक गन्तव्यस्थल बनाउने लक्ष्य लिएका छौँ”, उनले भने । वृक्षरोपणमा स्थानीय वन, कृषि, आमा समूह, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलगायत सर्वसाधारण सहभागी भएका थिए । धार्मिक महत्व राख्ने वर–पीपलका बोट नासिँदै गएका बेला तिनको संरक्षणसमेत हुने विश्वास लिइएको छ ।
विसं १८१० मा निर्मित सिद्धेश्वर शिवालय मन्दिरको पुनःनिर्माणसहित बृहत्तर विकास योजना अगाडि सारिएको छ । संरक्षण अभावमा ऐतिहासिक मन्दिरको अस्तित्व नासिने स्थितिमा पुगेको थियो । वडाध्यक्ष टीकाबहादुर थापाले शिवालय मन्दिर, पाण्डुकेशरी गुफा र नाच्नेडाँडालाई समेटेर धार्मिक एवं सांस्कृतिक महत्वको स्थलका रुपमा विकास गर्नुपर्ने धारणा राखे।
समितिले मन्दिरको दश वर्षे गुरुयोजना बनाएर काम थालेको छ । जीर्ण अवस्थामा पुगेको मन्दिरलाई पुरातात्विक कला, कौशल झल्कने गरी पुनःनिर्माण गरिने भएको छ । एक सय आठ शिवलिङ्गका मूर्ति प्रतिस्थापनको काम शुरु भएको छ । शिवलिङ्गसहित द्वादश, एकादश रुद्र, गणेश, हनुमान, नवग्रहकोसमेत गरी १३८ वटा मूर्ति राखिने जनाइएको छ ।
पवित्र कालीगण्डकी नदीका शिलाबाट बनेका शिवलिङ्ग प्रतिस्थापन गर्ने कार्य भइरहेको सर्वसिद्धी शिवलिङ्ग मण्डप निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष राज थापाले भने । मन्दिर पुनःनिर्माणको काम यही वर्षबाट शुरु हुने जनाइएको छ ।
झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्रि र बालाचर्तुदशी पर्वमा मेला लाग्ने गर्छ । विशेष पर्वबाहेक मन्दिरमा दैनिक पूजाआजासमेत हुने गरेको छ । पाण्डवखानी भन्ने ठाउँबाट एक साधु आई त्यस ठाउँमा बस्न थालेपछि शिवालय मन्दिर स्थापना गरिएको गाउँका अगुवा बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार