रक्षाबन्धन पर्व, आ–आफ्नै घरमा मनाइँदै
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार १९:४९:२२
१९ साउन, जनकपुर । साउन शुक्लपूर्णिमाका दिन मनाइने गरिएको रक्षाबन्धन एवं जनैपूर्णिमा आज धार्मिक एवं सांस्कृतिक विधिपूर्वक आ–आफ्नै घरमा सीमित भई मनाइँदैछ ।
यस पर्वका अवसरमा दाजुभाइका हातमा दिदीबहिनीले रक्षाका सूत्र वा राखी बाँधेर रक्षाबन्धन पर्व उत्साहका साथ जनकपुरलगायत प्रदेश नं २ मा उल्लासमय वातावरणमा मनाइँदैछ ।
कोरोना सङ्क्रमणको डरले यो पर्व आ–आफ्नै घरमा सीमित भएर मनाउनुपरेको छ । यस पर्वका अवसरमा दिदीबहिनीले कलात्मक राखी बाँधेपछि उपहार पनि पाउने गर्छन् । यस पर्वमा मिठाइको अत्यधिक बिक्री हुने गरेकामा यसपटक कोरोनाका कारण त्यसको बिक्रीमा व्यापक कमी आएको छ । रक्षाबन्धन पर्वका लागि बिक्री हुने गरेको राखीको व्यापारमा समेत नकारात्मक प्रभाव परेको छ ।
जनकपुरलगायत विभिन्न ठाउँमा यस पर्वका अवसरमा ब्राह्मणहरुले रक्षासूत्र बाँधेर आशीर्वाद दिने गर्छन् । यसपटक कोरोनाले गर्दा छरछिमेकमा आफूले एकदुई परिवारलाई मात्र रक्षासूत्र बाँधेको पण्डित रामसोगारथ झाले बताए ।
यस पर्वका अवसरमा आज बिहान जनकपुरधामका गङ्गासागर, धनुषसागरलगायत पवित्र सरोवरमा बिहानै स्नान गरी कतिपयले ऋषिको पूजा तथा तर्पणसमेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार