हलो र गाई मिलाउन राप्रपामा बढ्यो सरगर्मी
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार २१:१४:१८
१९ साउन, काठमाडौं । एकताको भावनाबमोजिम तीन अध्यक्षको तहमा चुनाव चिन्हबारे तत्काल निर्णय हुनुपर्ने माग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र बढ्दो छ ।
चुनाव चिन्हबारे अनावश्यक विवाद र द्विविधा सिर्जना नगरी एकताको आधारपत्रमा टेकेर तीन अध्यक्ष, पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले उदार सहमति गर्नुपर्ने माग राप्रपावृत्तमा व्यापक छ । गीताको मान राख्न पनि कार्यकर्ताहरूले नेतृत्व तहलाई संझाएका छन् । सहमति र समान हैसियतका आधारमा राप्रपा एकताको दीर्घखाका कोरिनु पर्दछ भन्ने माग पार्टी विभाजन र गुटगत स्वार्थबाट आजित कार्यकर्ताको छ ।
राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठक सामाजिक सञ्जालमा लेख्छन्, ‘पार्टीको चुनाव चिन्हबारे ६ महिना भित्रमा निर्णय गर्नुपर्ने कुरा पार्टी एकीकरणको आधारपत्रमा स्पष्ट लेखिएको छ । अब ६ महिना करिब पुग्दैछ । हाल पार्टीको सबै अधिकार प्रयोग गर्ने सर्वोच्च इकाई भनेको तीन अध्यक्ष नै हुन् । तीन अध्यक्षको वैठकले यो विषयमा तुरुन्त निर्णय गर्नु सर्वोत्तम उपाय हो ।’
पाठक भन्छन्, ‘यसरी चुनाव चिन्हबारे निर्णय भएपछि अविलम्ब पार्टी दर्तामा जानु कार्यकर्ता तथा आम नेपाली जनताको भावनाअनुरूप हुनेछ ।’ राष्ट्रको हिन्दु पहिचान, जनताको सर्वोच्चतामा आधारित राजासहितको प्रजातन्त्र र भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्ने राप्रपाको अठोटलाई आम जनताले समर्थन गरेको उनको दावी छ ।
रक्षा बन्धनकै अवसरमा विधार्थी नेता धनशुर शाही समाजिक सञ्जालमा लेख्छन्, ‘गीता छुदै कसम खाएको ६ महिना पुगेको छैन फेरी के को गाई जात्रा ? हाम्रा त्रय अध्यक्षज्युहरू गुटको होइन सिंगो पार्टीको, आम नेपाली जनताको नेता बनुन् रक्षाबन्धन अर्थात् जनै पुर्णिमाको हार्दिक शुभकामना ।’
निर्वाचन आयोगमा दर्ता बिलम्ब भएकोमा असन्तोष प्रकट गर्दै राप्रपाका केन्द्रीय सदस्य सबिना शाह लेख्छन्, नेपालको राजनीतिमा जुन प्रकारको खिचातानी, विसंगति, भ्रष्टाचार र कुशासन देखिएको छ, त्यसबाट निराश भएर आम नेपालीले विकल्पको रूपमा राप्रपालाई हेर्न थालेका छन् ।
अन्य पार्टी परित्याग गरि राप्रपामा प्रवेशको लहर चलीरहँदा, परिस्थिति सही रूपमा सम्हाल्न पर्ने बेला, सानोतिनो बिषयमा अल्झिदा अध्यक्षहरूमाथि नै गम्भीर प्रश्न उठन सक्छ, उनी भन्छन् । बीच बाटोमा आएर आपसी बैमनश्यता उत्पन्न हुँदा हतासमा गीता छोएर नाटक गरेजस्तो हुनेछ, शाह भन्छन् । ‘तीनैजना अध्यक्षज्युहरूलाई बिन्ति छ राप्रपालाई विगतमा जस्तै टुट्ने फुट्ने गरी दुर्घटनाबाट बचाउँ । बरू अधिवेशन जति सक्यो छिटो गरि टुङ्ग्याउँ ।’
राप्रपाका युवा अभियन्ता प्रभास डल्लाकोटी हलो र गाई दुबै समेट्ने उपाय सुझाउँछन । ‘पार्टीका शीर्ष नेता तथा आम कार्यकर्तालाई भावनामा नबगीकन पार्टी हितको लागी चुनाव चिन्ह हलो र पार्टी चिन्ह गाई राख्न हुन अनुरोध गर्दछु ।’
कतिपयलाई हलोभन्दा गाई नै प्रभावकारी चिन्ह भन्ने लागेको हुनु सक्दछ भन्दै उनी भन्छन्, ‘पार्टीका साधारण कार्यकर्ताले स्थानीय तह र प्रतिनिधिसभाका चुनावहरूमा गाईलाई भोट हाल्न लाग्दा झुक्किएर गोरूलाई भोट हाल्ने गरेका छन् । गोरूको कोही उम्मेद्वार नै नभएको ठाउँमा पनि धेरै भोट गोरूलाई गएको छ ।’
राप्रपा जस्तो गौरवशाली पार्टीको स्थापनादेखि नै चुनाव चिन्ह हलो नै रहँदै आएको सन्दर्भ उनी स्मरण गराउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
बैशाख २४, २०८१ सोमबार
पार्टी विभाजनको हल्ला चलेपछि तीन कमिटीको बैठक सारेर दलको बैठकमा छलफल गर्दै नेकपा एस
बैशाख २४, २०८१ सोमबार
सत्ताको दवावमा सरकारी वकिल, अखिलकी अध्यक्ष सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाइने
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
बैशाख २४, २०८१ सोमबार
इजरायल पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
बैशाख २४, २०८१ सोमबार