बालकोट पुगेर ओलीले भने– ‘अढाई बर्षपछि घर फर्किन्छु’
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार २२:५३:५२
१९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो घर बालकोट पुगेर अढाई बर्षपछि मात्रै बालुवाटार छाड्ने बताएका छन् । आफ्नो घर बालकोट पुगेका ओलीले पूरा कार्यकाल प्रधानमन्त्री बनेर मात्रै घर फर्किने बताएका हुन् ।
ओलीले यसो भन्नु अझै दुई बर्ष प्रधानमन्त्री पद नछाड्ने संकेत दिएका छन् । खासगरी प्रचण्ड, माधव नेपाल लगायतले राजीनामा दिन बल गरेपनि आफूले कुनै हालतमा राजीनामा नदिने ओलीको स्पष्टोक्ति छ ।
सोमबार बिहान प्रचण्डसँग भेटेलगत्तै ओली बालकोट पुगेका हुन् । दोस्रोपटक प्रधानमन्त्री भएपछि तेस्रोपटक बालकोट पुगेका ओलीले आफ्नो घर तथा करेसाबारीको निरीक्षण गरेका फर्केका थिए । बालकोटमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, भक्तपुरका सांसद महेश बस्नेत लगायतको पनि उपस्थिती थियो ।
प्रधानमन्त्री ओली र उनका विश्वासपात्र तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच आन्तरिक छलफल समेत भएको थियो । ओली प्रधानमन्त्री भएपछि खाली भएको बालकोट निवासमा गोकुल बास्कोटा बस्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार