सर्वपक्षीय बैठक सम्पन्न : आइसोलेसनमा पाँचसय श्यया थप्ने निर्णय
नेपालबहस संवाददाता
साउन २०, २०७७ बुधबार ०:३६:०
२० साउन, जनकपुर । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश नं २ स्थित आइसोलेसन कक्षमा उपचारका साथै ५०० श्यया थपिने भएको छ । कोरोना महामारीले भयावह रुप लिन थालेपछि मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीतिबारे छलफल गर्न आज आयोजना गरेको सर्वपक्षीय बैठकमा प्रदेशमा उपचारसहितको ५०० आइसोलेसन श्यया थप्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री निवासमा सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हालसम्म गरेका निर्णय तत्काल कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णयसमेत गरेको छ । कोरोना परीक्षणलाई तीव्रता दिन प्रादेशिक प्रयोगशाला जनकपुरधाममा आरएनए अटो एक्सट्रयाक्सन मेशिन जडान गर्नुका साथै सीमानाकालाई थप कडा गर्ने निर्णय गरेको छ ।
सो बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, प्रदेशसभा सदस्य रामअशिष यादव, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, प्रमुख सचिव अर्जुनकुमार पोखरेल, डा रामकेवल साह र जीतेन्द्रकुमार यादवसहितको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार