युवा संघ स्याङ्जाका दर्जनौं युवाहरु कांग्रेसमा प्रवेश
नेपालबहस संवाददाता
साउन २१, २०७७ बिहिबार १:४१:४
२१ साउन, स्याङ्जा । राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाका नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । युवा संघ नेपाल जिल्ला कार्यसमिति सदस्य विक्रम पोख्रेलसहितका युवा नेताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस स्याङ्जाले पुतलीबजार नगरपालिका वडा नं. ४ गौतमडाँडामा गरेको कार्यक्रममा युवा संघका नेताहरु कांग्रेस प्रवेश गरेका हुन् । प्रवेश गरेका युवाहरुलाई नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक अध्यक्ष कुमार राना, संविधानसभा सदस्य राजु थापा र नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरतप्रसाद लम्सालले सदस्यता प्रदान गरेका थिए ।
जिल्ला सदस्य पोख्रेलसहित शिव थापा, घनश्याम गौतम, संघका स्याङ्जा क्षेत्र नं. १ का सचिवालय सदस्य किरण चापागाँई, प्रमोद सुवेदी, भीमप्रकाश सुवेदी, किरण चापागाँई, शशान्त वि.क., ईमरान हुसेन, विक्रम गिरी, सिजन जि.टी., दिपेन गुरुङ् र शुसान्त श्रेष्ठसहितका युवाहरु कांग्रेस प्रवेश गरेको कांग्रेसका क्रियाशिल सदस्य स्थानीय धु्रबबन्धु पोख्रेलले जानकारी दिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार रानाले सत्ता संचालनमा दुईतिहाईको सरकार अन्धो भएको बताए । कम्युनिष्टका नाममा नेपालका कम्युनिष्टहरु भ्रष्टाचारमा लिप्त बनेको रानाको आरोप थियो ।
संविधानसभाका सदस्य राजु थापाले कार्यक्रममा बोल्दै संघीय, प्रदेश र स्थानीय तहमा भ्रष्टाचार मौलाएकाले युवाहरु त्यस बिरुद्ध लाग्न आग्रह गरे । उनले कोरोनाले आमनागरिक आक्रान्त भएको बेला सरकार कहाँबाट कमिशन आउँछ भन्ने सोचमा लागेको बताए ।
कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरतप्रसाद लम्सालले सरकारले जनअपेक्षाका काम गर्न नसक्दा विगतका आन्दोलन र युद्धपछि प्राप्त गणतन्त्र कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले गणतन्त्रको मसिया बनेका कम्युनिष्ट जनताको सेवामा तल्लिन हुनुपर्ने समयमा आन्तरिक झगडामा रुमलिएको बताए ।
पुतलीबजार नगरपालिका वडा नं. ४ नेपाली कांग्रेसका वडा सभापति थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला सदस्य पृथ्वीप्रसाद पोख्रेलले गरेका थिए भने स्वागत वडा कार्यसमिति सचिव सुरेन्द्र के.सी.ले गरेका थिए भने धन्यवाद ज्ञापन नेवि संघ जिल्ला सभापति अजित क्षेत्रीले गरेका थिए ।
माओवादी भन्दा एमाले भ्रष्ट
नेपाली कांग्रेस प्रवेश गरेका युवा संघ जिल्ला सदस्य विक्रम पोख्रेलले गरिब, उत्पीडनमा परेका नागरिकको सेवा गर्छु भन्ने नेपालका कम्युनिष्ट भ्रष्ट भएको बताए । उनले नेकपामा पूर्व माओवादीको तुलनामा पूर्व एमाले भ्रष्ट भएको दावी गरे ।
“नेपालका कम्युनिष्टहरु जनतालाई भ्रममा राख्न माहिर रहेछन् ।” नेता पोख्रेलले भने, “मैले १५-२० वर्ष कम्युनिष्टमा लागेर बिताए अहिले पछुतो लागेको छ ।” उनले भने, “जनतालाई गुमराहमा राखेर कम्युनिष्ट आफुहरु कमाउने र रमाउने धन्दा चालएका छन् ।
३३ किलो सुन, निर्मला हत्या काण्ड, ललिता निवासको जग्गा, ओम्नी काण्ड, सेनालाई भ्रष्टाचारमा मुस्नु, आलिशान महल र करोडौको गाडीमा हिडनु तथा हरेक निकायमा कमिशन लिनु, बलात्कार तथा हत्या गर्नु कम्युनिष्टको विशेषता भएको पोख्रेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार