ब्रिटिश आर्मीमा भर्ती खुल्यो, गत वर्ष अन्तिम चरणमा पुगेर बाहिरिनेलाई मात्र अवसर
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार ६:१२:९
२२ साउन, काठमाडौँ । खुशिको खबर ! ब्रिटिस आर्मी मुख्यालयले ब्रिटिस र सिंगापुर ‘रिक्रुट इन्टेक २०२१’ भर्ती खुलाएको छ । कोरोनाले गर्दा गएको वर्षको इन्टेकमा अन्तिम छनोटबाट बाहिरिएकालाई मात्र यो अवसर दिएको छ । ब्रिटेनको ब्रिगेड अफ् गोर्खाजका निम्ति ४ सय ३२ जना र सिंगापुर पुलिस फोर्समा १ सय २० जनाको छनोट गरिने ब्रिटिस आर्मी मुख्यालयले वेबसाइट आर्मी डट एमओडी डट युकेमा उल्लेख छ ।
ब्रिटिस आर्मी मुख्यालयका कर्णेल महासेनानी तथा ब्रिटिस गोर्खा नेपालका कमाण्डर रिचार्ड गुडम्यानले यसअघि कोभिड–१९ महामारीको कारण प्रत्यक्ष रूपमा यस वर्षको ‘रिक्रुटिङ’ मा फेरबदल गरिएको जनाएका थिए । ‘रजिस्ट्रेसन र क्षेत्रीय छनौट सम्भव नभएका कारण यस वर्ष हामीले नयाँ आवेदकहरूको मूल्यांकन गर्न पाउने छैनौं,’ उनले भनेका थिए ।
ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्समा भर्ती छनोटका निम्ति धरान र पोखरामा रजिस्ट्रेसन फारम भराएर क्षेत्रीय छनोट गरिन्थ्यो । क्षेत्रीय छनोटमा परेकाहरूलाई पोखरामा केन्द्रीय तथा अन्तिम छनोटमा प्रतिस्पर्धा गराउने गरिन्छ । कोभिड–१९ ले गर्दा यो पटक इन्टेक–२०२० केन्द्रीय छनोट स्पर्धाबाट बाहिरिएका युवालाई मात्र अवसर दिइएको छ ।
पोखरामा हुने केन्द्रीय छनोटमा शारीरिक छनोटमा २ हजार मिटर दौड, १५ किलोको डोको बोकाइ, २० किलोको बोरा उचालेर बोक्ने, ४ किलोको मेडिसिन बल थ्रो फ्ँयाक्ने लगायत पर्दछन् । शैक्षिक छनोटमा अंग्रेजी भाषातर्फ सुनाइ, बोलाइ, लेखाइ, पढाइ, गणित हिसाब, मेडिकल टेस्ट र अन्तिम अन्तर्वार्ता हुने गरेको छ ।
‘इन्टेक–२०२०’ मा प्रतिस्पर्धीमध्ये अन्तिम चरणबाट करिब २ हजार ५ सय जना बाहिरिएको अनुमान गरिएको छ । त्यसमध्ये एनआरए नो री–एप्लाई पुन आवेदन दिन नपाउनेमा परेकाले भर्ती हुन पाउने पर्ने छैनन् । गत वर्षको रेकर्डअनुसार पुनः आवेदन दिन नपाउने एनआरएमा परेका पूर्वबाट २ सय ४७ र पश्चिमबाट ३ सय २४ जना छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
कात्तिक १७, २०८१ शनिबार
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार
कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा गरिंदै
कात्तिक १७, २०८१ शनिबार