मालपोतको सेवा अस्तव्यस्त, अत्यधिक भीडले कोरोनाको जोखिम
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार २०:७:५१
◊ रमेश गिरी
२२ साउन, भक्तपुर । भक्तपुरको जिल्ला मालपोत कार्यालयको सेवा अस्तव्यस्त देखिएको छ । जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानका क्रममा जिल्ला मालपोत कार्यालयमा पुग्दा यहाँको सेवा अस्तव्यस्त पाइएको हो । दैनिक एक हजारभन्दा बढीको भीड रहेको मालपोतमा अधिकांश सेवाग्राही र केही कर्मचारीको मुखमा मास्क देखिँदैनथ्यो । न त सेवाग्राहीको लागि हात धुने व्यवस्था नै थियो न त स्यानिटाइजरको व्यवस्था नै ।
सेवाग्राहीका लागि राखिएको हेल्पडेक्स खाली थियो । सेवाग्राहीको भीडले सामाजिक तथा भौतिक दूरी कायम गरिएको थिएन । कार्यालयभित्र एकले अर्कालाई नछोइ हिँड्नसक्ने अवस्था थिएन । सुरक्षाको कुनै प्रत्याभूति थिएन । एक जनामात्रै कोरोना सङ्क्रमित भेटिए, त्यहाँ सयौँलाई कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च थियो । यसबारेमा अनुगमनका नेतृत्व गर्नुभएका जिसस प्रमुख नवराज गेलालले जिज्ञासा राख्दा मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले मालपोत कार्यालय भद्रगोल र अस्तव्यस्त रहेको स्वीकार गरे ।
मालपोत कार्यालयको कोठा सेवाग्राहीमैत्री रूपमा खुला हुनुपर्नेमा बन्द कोठामा कार्यालय सञ्चालन हुनु र कलम किन्नसमेत सरकारले पैसा नदिने गरेकाले यहाँको सेवा अस्तव्यस्त र भद्रगोल भएको बताए । प्रमुख मालपोत अधिकृत भण्डारीले भने, “कार्यालयको भवन नै सेवाग्राहीमैत्री छैन, अर्कोतर्फ कहीँकतैबाट पैसा र थप बजेट आउँदैन, कलम किन्ने पैसा हामीसँग छैन, सियोको धारमा जागिर खाएर बसेका छौँ, उल्टै हामीलाई दोष दिन्छन् ।”
अहिले पनि कार्यालयमा दैनिक एक हजार १०० भन्दा बढी सेवाग्राहीको भीड रहने गरेको बताउँदै उनले कलम किन्ने पैसा नहुने मालपोत कार्यालयले सेवाग्राहीलाई हात धुने र स्यानिटाइजरको व्यवस्था गर्न नसक्ने बताए । कोरोनाको जोखिम रोक्ने जिम्मेवारी कार्यालयको नभएको बताउँदै उनले सेवाग्राही आफैँले सचेत हुनुपर्ने बताए ।
“म प्रमुख भएरै कलङ्की मालपोत कार्यालयलाई नमूना र उत्कृष्ट बनाएँ, भक्तपुर आएपछि यो पनि बनाउँछु भनेको बजेट छैन, यहाँ केही गर्न सकिन”, प्रमुख भण्डारीले भने, “लेखापढीले फाइल पल्टाउने परम्परागत यो अफिसमा काम पनि परम्परावादी नै छ, यो सिस्टम चेन्ज गर्न गाह्रो छ ।”
सरकारले स्थानीय तहमा मालपोत पठाउने भनेपछि कार्यालयले एक स्थानीय तहका तीन कर्मचारीलाई तालिम दिन थाले पनि यो प्रभावकारी नहुने उनको दाबी छ । लामो समयदेखि काम गर्ने मालपोतका कर्मचारी अझै सिक्दै रहेको र लेखापढीको सहयोग लिनुपर्ने परम्परामा स्थानीय तहका कर्मचारीलाई सामान्य तालिमले केही प्रभाव नुहने उनको भनाइ छ ।
कार्यालयका नासु कुलबहादुर बस्नेतले मालपोतका कर्मचारीलाई हेर्ने नजर गलत भएकाले नयाँ कर्मचारी मालपोत सरुवा भएर आउन नचाहने गरेको बताउँदै बिहानैदेखि काम गरे पनि कर्मचारीलाई कुनै सेवा सुविधा नपाउने गरेको अनुगमन टोलीसँग गुनासो गरे । “राजश्वमा बस्ने कर्मचारीले बिहान आएर काम गर्दा शतप्रतिशत भत्ता पाउने, त्यहीँ काम गर्दा हामीले खाना खाने पैसा पनि नपाउने”, नासु बस्नेतले भने, “यहाँ एउटा कलम, टेप किन्ने पैसा छैन, मास्क, स्यानिटाइजर किन्ने पैसा खै रु, नलुकाइ भन्नै पर्दा हामी चन्दा मागेर चलेका छाँै, स्थानीय तहले पैसा लान्छन् तर खै न सरकारले हेर्छ, न स्थानीय तहले ।”
यो कार्यालयले अहिले दैनिक करिब १०० रजिस्ट्रेशन, पाँच लगत दाखिल, छ नामसारी, १५ हालसावी, तीन संशोधन र राजश्व सङ्कलनको काम गर्दै आएको छ । आर्थिक वर्ष २०७६-७७ मा कार्यालयले कूल रु एक अर्ब ७९ करोड चार हजार १११ राजश्व सङ्कलन गरेकामा जग्गा रजिस्ट्रेशनबाट मात्रै रु एक अर्ब पाँच करोड ८१ हजार राजश्व सङ्कलन गरेको कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए ।
आव २०७६-७७ मा नगरपालिकामध्ये भक्तपुरलाई रु दुई करोड ८९ लाख ६९ हजार, मध्यपुरथिमिलाई रु ११ करोड ७२ लाख ९७ हजार, सूर्यविनायकलाई १९ करोड ४६ लाख तीन हजार र चाँगुनारायणलाई रु २१ करोड ९२ लाख ९० हजार राजश्व बाँडफाँट गरेको छ । प्रदेशतर्फ रु ३७ करोड ६१ लाख सात हजार राजश्व बाँडफाँट भएको छ । अनुगमनपछि जिसस प्रमुख गेलालले कार्यालयमा फ्लेक्स राख्न, हेल्प डेक्समा मान्छे राख्न, कुशल व्यवस्थापन गर्न र बजेट नभए कार्ययोजनासहित नगरपालिकासँग बजेट माग गर्न निर्देशन दिए ।
नापीको अनुगमन
जिससको अनुगमन टोलीले नापी कार्यालय भक्तपुरको अनुगमन गर्दा कार्यालय प्रमुख ज्ञानेन्द्रकुमार विष्ट कार्यालयमा नभए पनि प्रमुखको कार्यकक्ष, मुख्य सर्वर कम्प्युटर, पङ्खा खुला राखेर दुरुपयोग गरेको पाइएको छ । नापी अधिकृत हरिकृष्ण्ण भुजुले कार्यालय प्रमुख बैठकमा गएको बताए पनि कार्यकक्षमा सबै कुरा खुला रहनु प्रमुखको लापरवाही भएको स्वीकार गरे ।
कार्यालयमा दैनिक १०० सेवाग्राही आउने गरेको बताउँदै फिल्डमा जाने कर्मचारी कम हुँदा जग्गा हालसावी एवं नापी गर्न जान समय लाग्ने गरेको बताए । जग्गा कित्ताकाट भने नरोकिएको र नियमानुसार आउनेको कित्ताकाट भइरहेको उनले बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
मंगलबार अमेरिकामा राष्ट्रपतिको निर्वाचन, चुनावी सर्वेक्षणमा ट्रम्पभन्दा ह्यारिस अगाडि
कात्तिक १९, २०८१ सोमबार
मिथिलाञ्चलमा छठको रौनक,आजबाट विधिवत् रुपमा छठपर्व मनाइँदै
कात्तिक २०, २०८१ मंगलबार
सबैको मन जोड्ने सेतु छठ पर्व
कात्तिक २०, २०८१ मंगलबार
भरतपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद
कात्तिक २०, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
टेलिकमको पाइपबाट पानी बगेपछि...
कात्तिक २०, २०८१ मंगलबार