इलाममा एकैदिन १६ जना सशस्त्र प्रहरीमा कोरोना
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार २१:२५:१४
२२ साउन, इलाम । इलाममा एकैदिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण भएको छ । यही साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएपछि कोरोना पुष्टि भएको हो ।
सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना सङ्क्रमण देखिएको हो। साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब सङ्कलन गरेर पठाइएको थियो।
हालसम्म यस गणमा जम्मा ४६ सशस्त्रमा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए। उनका अनुसार जिल्लामा हालसम्म दुई नेपाली सेना र एक प्रहरीमा समेत कोरोना पुष्टि भइसकेको छ भने अन्य गरी इलाममा कोरोना सङ्क्रमितको सङ्ख्या ७६ पुगेको छ।
त्यस्तै १५ गते नै इलामको रोङ गाउँपालिकाबाट समेत १५४ जनाको स्वाब सङ्कलन गरेर पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। क्वारेन्टाइनमा बसेका, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको रिपोर्ट नेगेटिभ आएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण
असोज १५, २०८१ मंगलबार
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
वैकल्पिक मार्ग खोलेर मन्थली–काठमाडौं आवागमन
असोज १७, २०८१ बिहिबार
बाढीपहिरोमा परी २ सय ३३ जनाको मृत्यु
असोज १७, २०८१ बिहिबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
नेपालको बिजुली बङ्गलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने
असोज १७, २०८१ बिहिबार
स्थलगत 'रिपोर्ट': बागमतीले सखाप पार्यो सात हजार मुरी धान फल्ने खेत
असोज १७, २०८१ बिहिबार
साहसी युवा चनिकलालले भने– मैले परिवार र आफ्नो प्रवाह नगरी खोलामा हामफालेँ
असोज १७, २०८१ बिहिबार