काेराेनाका कारण टोयोटा कारलाई लाग्याे चुना ! ७ खर्ब घाटा
नेपालबहस संवाददाता
साउन २२, २०७७ शुक्रबार २:२४:४५
२२ साउन, एजेन्सी । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा टोयोटा मोटर कर्पोरेसनबाट बनेका सवारी साधनलगायतका सामग्रीको व्यापारमा कमी आउँदा नाफामा ६४.१ प्रतिशत ‘६.९२ अर्ब अमेरिकी डलर’ ले कमी आउने कम्पनीले बिहीबार बताएको छ । जापानमा नयाँ आर्थिक वर्ष अप्रिलदेखि सुरू हुन्छ ।
टोयोटाले भनेको छ, “कम्पनीको खुद नाफा अघिल्लो वर्षको पहिलो त्रैमासिक ‘अप्रिल–जुन’को तुलनामा यो वर्षको सोही अवधिमा ७४.३ प्रतिशतले कमी आउँदा कम्पनीलाई एक अर्ब ५० करोड अमेरिकी डलर घाटा भएको छ । यद्यपि यो घाटा कम्पनीका विशेषज्ञहरूले महामारीबीच यस पहिले गरेको प्रषेपणभन्दा कम हो ।”
जापानको आइची प्रान्तमा रहेको कार तथा अन्य सवारी साधन निर्माण कम्पनी टोयोटाले कम्पनीको परिचालन नाफामा ९८.१ प्रतिशत अर्थात् एक अर्ब ३१ करोड अमेरिकी डलरले गिरावट आएको बताएको छ ।
यो तथ्याङ्क कम्पनीको चालु आर्थिक वर्षमा भएको ४३ अर्ब ४१ करोड बराबरको विक्रीमा आधारित रहेको कम्पनीले बताएको छ । लोकप्रिय प्रायस हाइब्रिड र कोरोला मोडेलका सवारी साधनमा कम्पनीको अन्तर्राष्ट्रिय बजारमा पहिलो त्रैमासिकमा भएकोे कारोबारमा ३१.८ प्रतिशतले कमी आउँदा कम्पनीलाई ठूलो घाटा भएको बताइएको छ । आफ्ना उत्पादन विक्रीमा चिनियाँ बजारमा सुधार आइसकेको पनि कम्पनीले जनाएको छ ।
कम्पनीले मेमा गरेको प्रक्षेपणमा उत्पादनहरूको वार्षिक विक्री लक्ष्यलाई ८९ लाखबाट ९१ लाखमा पु¥याउने उल्लेख गरिएको थियो । तर महामारीका कारण कम्पनीले लिएको लक्ष्यलाई प्रभावित पारिसकेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
टोयोटाले बढायो वार्षिक खुद नाफा प्रक्षेपण
माघ २३, २०८० मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न माग
बैशाख २२, २०८१ शनिबार
लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट, माग धान्नै मुश्किल
बैशाख २२, २०८१ शनिबार
श्रीराम हस्पिटलको आयोजनामा १४ महिलासहित ६० जनाले गरे रक्तदान
बैशाख २२, २०८१ शनिबार
सुर्खेतको मालपोत कार्यालयमा आगलागी
बैशाख २२, २०८१ शनिबार