गजेन्द्र नारायण र छिन्नमस्ताका पाँच स्वास्थ्यकर्मी संक्रमित, अस्पतालको सेवा बन्द
नेपालबहस संवाददाता
साउन २३, २०७७ शुक्रबार २०:५६:२६
◊ धीरुभाइ
२३ साउन, सप्तरी । स्वास्थ्यकर्मीहरुमा काेराेना भाइरस संक्रमण भेटिएपछि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको शुक्रबार सेवा बन्द गरेको छ । एकै दिन पाँच स्वास्थ्यकर्मीसहित १८ जनामा कोरोना संक्रमण भेटिएको छ ।
गजेन्द्र नारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीत कुमार झाका अनुसार संक्रमति स्वास्थ्यकर्मीहरुलाई आइसोलेसनमा भर्ना गरेपछि र संक्रमितको सिधा सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीसहित २७ जनालाई क्वारेन्टाइनमा बसाउनु पर्दा सेवा बन्द गर्नु परेको छ । आज दिनभरी सेवा बन्द गरेर स्वास्थ्यकर्मी व्यवस्थापन गरी भोलीबाट सेवा सुचारु गरिने तयारीमा लागेको उनले बताए ।
थपिएकासहित गजेन्द्र नारायण सिंह अस्पतालमा संक्रमित स्वास्थ्यकर्मीको संख्या नौ पुगेको छ । यसअघि पाँच जना स्वास्थ्यकर्मीहरुमध्ये दुई जना निको भएर घर फर्किसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. झाले भने, अहिले सात जना स्वास्थ्यकर्मीहरु आइसोलेसनमा भर्ना छन ।
बिहीबार राती आएको रिपोर्टमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको इमर्जेन्सी वार्डका चार जना र छिन्नमस्ता अस्पतालका एक हेल्थ असिस्टेन्टसहित पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।
यस्तै सोही रिपोर्टमा छिन्नमस्ता गाउँपालिका ५ का दुई जना उमेर नखुलेका पुरुष, वडा नम्बर ४ का २५ वर्षीया महिला, राजविराज नगरपालिकाको वडा नखुलेका स्वास्थ्यकर्मीहरु ४०, ४०,३१ र ३८ वर्षीय पुरुष, राजविराज ४ का ३३ वर्षीय पुरुष र ५५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको बताइएको छ ।
त्यसैगरी, रुपनी गाउँपालिका ६ का २४ वर्षीय पुरुष, महादेवा गाउँपालिका २ का ३७,३७, ३६ र ३४ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका २ का उमेर नखुलेका तीन जना पुरुष र वडा नम्बर ७ का उमेर नखुलेका एक जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या ५५७ पुगेको छ भने ३८३ जना निको भएर घर फर्किसकेका छन । आइसोलेसनमा १०४ जना उपचाररत भर्ना छन । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
निजामती कानुनले यो अवस्थाको परिकल्पना नगर्दा सफाइपछि झन यता न उता भए बैकुण्ठ अर्याल
कात्तिक १९, २०८१ सोमबार
सबैको मन जोड्ने सेतु छठ पर्व
कात्तिक २०, २०८१ मंगलबार
भरतपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद
कात्तिक २०, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
टेलिकमको पाइपबाट पानी बगेपछि...
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार