स्याङ्जामा एसपीसहित ३ जना प्रहरीले जिते कोरोना
नेपालबहस संवाददाता
साउन २३, २०७७ शुक्रबार २१:३६:४२
२३ साउन, स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक ‘एसपी’सहित तीन जना प्रहरीले कोरोना भाइरस जितेका छन् । शुक्रबार गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि एसपी विमलराज कणेलसहित एक जना हवल्दार र एक जना प्रहरी जवान निको भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी गल्याङमा गरी जिल्लाभर ४० जना प्रहरीमा कोरोना देखिएको थियो । वालिङ र गल्याङका एकरएक जना रहेका छन् भने, बाँकी जिल्ला प्रहरी कार्यालयमा नै कार्यरत रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।
अझै ३५ जना भिरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा, वालिङको कुँवर समाज हलमा निर्माण गरेको आइसोलेसन र गल्याङ नगर अस्पतालको आइसोलेसन सेन्टरमा उपचाररत छन् ।
साउन ६ गते पहिलो पटक स्याङ्जामा ३ जना प्रहरीमा संक्रमण देखिएको थियो । त्यसपछि एकैपटक ज्वरो आउने र टाउको दुख्ने भएपछि ११ गते गरिएको स्वाब संकलनमा साउन १२ गते एसपी कणेलसहित अन्यमा कोरोना संक्रमण पुष्टि भएका थियो ।
स्वास्थ्यकर्मीको निगरानीमा एसपी कँडेल आफ्नै निजी निवासमा बसेका थिए भने बाँकी प्रहरी आइसोलेसन सेन्टरमा बसेका छन् । आफ्नै निवासमा बसेर नियमित व्यायाम र खानपानमा ध्यान पुर्याउँदै आएकाले कँडेलले नवौं दिनमा कोरोना जित्न सफल भएको बताएका छन् ।
स्वास्थ्य प्रमुख यामप्रसाद शर्माका अनुसार स्याङ्जामा संक्रमण पुष्टि हुनेको संख्या २ सय ८२ पुगेको छ । उपचारपछि १ सय ९८ जना निको भएर घर फर्केका छन् भने ८२ जना उपचाररत छन् । कोरोनाका कारण जिल्लामा २ जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण
असोज १५, २०८१ मंगलबार
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
वैकल्पिक मार्ग खोलेर मन्थली–काठमाडौं आवागमन
असोज १७, २०८१ बिहिबार
बाढीपहिरोमा परी २ सय ३३ जनाको मृत्यु
असोज १७, २०८१ बिहिबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
नेपालको बिजुली बङ्गलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने
असोज १७, २०८१ बिहिबार
स्थलगत 'रिपोर्ट': बागमतीले सखाप पार्यो सात हजार मुरी धान फल्ने खेत
असोज १७, २०८१ बिहिबार
साहसी युवा चनिकलालले भने– मैले परिवार र आफ्नो प्रवाह नगरी खोलामा हामफालेँ
असोज १७, २०८१ बिहिबार