युवानेता रिजालको गर्जन– कांग्रेस गुट र फुट भएर हैन एकजुट हुन जरूरी
नेपालबहस संवाददाता
साउन २३, २०७७ शनिबार १:१७:३४
२३ साउन, दमक । नेपाली कांग्रेस आफ्नै दल भित्रको महानपर्व सफल बनाउन सक्रियताका साथ लागि परेको छ । आसन्न चौधौं महाधिवेशनको रौनक र चहलपहल केन्द्र, प्रदेश हुँदै गाउँ, नगर र वडावडामा आईपुगेको छ । लामो प्रतिक्षापछिको कांग्रेस महाधिवेशनमा यसपटक छुट्टै माहौल पनि बन्दै गैरहेको छ । त्यो हो कांग्रेसमा युवा पुस्ताको आकर्षण । वडा, गाउँ, नगरको नेतृत्वमा आउन युवापुस्ताले देखाएको अग्रसरतालाई हेर्दा नेपाली कांग्रेसले पुर्नजीवन लिनसक्छ भन्ने आशा पलाउन थालेको छ ।
हुन त नेपाली कांग्रेसमा निष्ठा, आदर्श र सिद्धान्त भन्दा पनि भीडको राजनीति गर्नेहरुको संख्या अहिले आएर ह्वात्तै बढेको देखिन्छ । राजनीतिलाई बिशुद्ध सामाजिक सेवा र देश निर्माणको निस्वार्थ अभिभारा भन्दा पनि राजनीतिलाई व्यापार बनाउन पल्किएका, दृढ विचार र सिद्धान्तको भीमसेनस्तम्भ हुनुभन्दा पनि जता शक्ति छ उतैतिर ढल्किएका, गुटको राजनीतिमा खरको आगो झैं भित्रभित्रै डढेलो लागेझै सल्किएकाहरुको जमात पनि नेपाली कांग्रेसमा कमी छैन । तर यसलाई बिस्तारै मिलाएर पार्टीलाई विधि, विधान, पद्धति र सम्मानका साथ समायोजन गरेर लानुपर्ने कुरामा जोड दिन्छन्, दमक कांग्रेसका युवानेता पर्शुराम रिजाल ।
झापामा लामो समयसम्म नेपाल बिद्यार्थी संघको नेतृत्व सम्हालेका नेता रिजाललाई दमक लगायत सिंगो झापा जिल्लामा एक ईमान्दार, हक्की स्वभाव भएको र निष्ठावान नेताको रुपमा हेरिन्छ । अहिले दमक कांग्रेसको रानोको रुपमा रहेका नेता रिजालले पार्टीलाई प्रजातान्त्रिक विधि र पद्धतिबाट सबै कार्यकर्ताको भावना समेटेर नेपाली कांग्रेसलाई अगाडि बढाउनु पर्नेमा जोड दिदै पार्टीका भातृ संस्थाहरुको क्रियाशिलता समेत बढाउँदै साझा चौतारीको रुपमा अगाडि बढाउन चाहेका छन् । युवा नेता रिजाललाई दमक कांग्रेसको नेतृत्व सम्हाल्न, पार्टीलाई गुटबन्दीको शिकार हुनबाट बचाउन, आम नेपाली कांग्रेसका क्रियाशिल कार्यकताहरुको भावनाको कदर गर्दै दमक कांग्रेसलाई पुर्नजीवन दिन पार्टी भित्रबाटै र आम कार्यकर्ताहरुबाट समेत अहिले व्यापक दवाव परेको छ ।
पद र व्यक्तिगत फाईदाका लागि कहिल्यै पार्टीलाई उपयोग नगरेका नेता रिजालले आफ्नाे पार्टी पटक पटक सरकारमा जाँदा पनि कुनै व्यक्तिगत फाईदाको प्रलोभनमा हात फैलाएनन् । स्वयं संघर्ष गरेर परिवार चलाउँदै पार्टीका हरेक क्रियाकलापमा दत्तचित्त भएर लाग्ने रिजाल जनताका जुनसुकै समस्यामा सहभागी हुन जनताका घरदैलोमै पुग्नाले पनि आम कांग्रेस कार्यकर्तामा रिजालप्रति साथ र समर्थन रहने गरेको पाईन्छ । नेकपाको एकछत्र राज भैरहेको मुलुकमा, स्वयं वर्तमान प्रधानमन्त्रीको गृहनगरबाट नेपाली कांग्रेसलाई संजीवनी बुटी खुवाउने र सुक्नै लागेको कांग्रेसको रुखलाई जरामा पानी हाल्ने काम अब युवा नेता रिजालको काँधमा आएको कुरामा भने दमक कांग्रेसमा एकमत बन्दै गैरहेको छ ।
वर्तमान अवस्थामा नेपाली कांग्रेस कमजोर हुनुमा अरु कोही दोषी नभई स्वयं कांग्रेसका नेताहरु नै दोषी रहेको निर्धक्कका साथ बताउने नेता रिजाल अब कांग्रेसलाई पहिलाकै अवस्थामा पुर्याउन गुट र फुट भएर हैन सबै कांग्रेसका नेता तथा कार्यकर्ता एकजुट भएर अगाडि बढन जरुरी रहेको बताछन् । हामी एकताबद्ध मात्रै हुन सक्ने हो भने, नेताले गुट नचलाई सिंगो पार्टी चलाउने तिर लाग्ने हो भने नेपालमा नेपाली कांग्रेसलाई हराउन सक्ने पार्टी नै निर्माण हुन नसक्ने दृढ बिश्वास बोकेका नेता रिजाल पार्टीको आगामी चौधौ महाधिवेशनमा दमकको नेतृत्व सम्हाल्दै पार्टीलाई गुट र फुटको दलदलबाट माथि उठाउन कम्मर कसेर लागेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस
बैशाख २८, २०८१ शुक्रबार
कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
कोशी र गण्डकी सरकार गठनविरुद्ध दायर छुट्टाछुट्टै रिटमाथि आज सुनुवाइ
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
९८ लाखसहित समातिएका समीर र मिलन सुन तस्कर
बैशाख २८, २०८१ शुक्रबार
विवाहको ६ वर्षपछि अभिभावक बन्दै जस्टिन र हेली
बैशाख २८, २०८१ शुक्रबार
यसरी गर्दैछ कांग्रेसले आजको संसद अवरोध
बैशाख २८, २०८१ शुक्रबार
आठौँ सातामा ‘महाजात्रा’ : शनिबार ५१ औँ दिन मनाउँदै
बैशाख २८, २०८१ शुक्रबार
खाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही
बैशाख २८, २०८१ शुक्रबार
सहकारीका ठग बचाउन सरकारले संवैधानिक निकायदेखि प्रहरीसम्म दुरूपयोग गर्योः कांग्रेस
बैशाख २८, २०८१ शुक्रबार