दोस्रोपटक पनि आन्तरिक मामिला तथा कानूनमन्त्री यादवकाे स्वाब पोजेटिभ
नेपालबहस संवाददाता
साउन २३, २०७७ शनिबार २:३:२
२३ साउन, जनकपुर । प्रदेश नं २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तरमा वृद्धि भइरहेको छ ।
निषेधाज्ञाको पालना गर्नुपर्ने विषयमा सर्वसाधारण जागरुक हुन नसक्नु, आफूलाई कोरोना नलाग्ने भ्रमले समाजिक दूरी कायम नगर्नु र कतिपयले मास्क प्रयोग नगरी भीडभाड ठाउँमा पुग्ने गरिएको कारणले कोरोना सङ्क्रमणमा निरन्तर वृद्धि भइरहेको देखिएको हो । यो प्रदेशको सप्तरी, सर्लाही, पर्सा जिल्लाभर र धनुषाको जनकपुर, महोत्तरीको जलेश्वर बजारमा साउन २६ गतेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ भने आजदेखि सिराहाको लहानमा पनि साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिहीबार आफू कोरोनाबाट सङ्क्रमित भएको विषय सार्वजनिक गरेर आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआर प्रविधिबाट परीक्षण गराउन आह्वान गरेका छन । उनी बिहीबारदेखि आफ्नै निवासमा आइसोलेशनमा बसेर उपचार गराइरहेका छन । उनको दोस्रोपटक पनि स्वाबको परीक्षणको नतिजा पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय जनकपुरले जनाएको छ ।
यस प्रदेशका अस्थायी राजधानी जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका केही कर्मचारी कोरोनाबाट सङ्क्रमित भएपछि मन्त्रालय सुनसानको अवस्थामा देखिन थालिएको छ । अतिआवश्यक कामबाहेक कर्मचारी आआफ्नै घरबाट काम गरिरहेका छन् । सेवाग्राही पनि कोरोनाको डरले आउन छोडेपछि मन्त्रालयका साथै जनकपुरका अधिकांश कार्यालय सुनसानको अवस्थामा पुगेको हो ।
यस प्रदेशको आठवटै जिल्ला भारतसँग जोडिएको छ । भारतमा कोरोनाको सङ्क्रमण उच्च अवस्थामा पुगेको छ । भारतीय सीमावर्ती क्षेत्रका कतिपय बासिन्दा कोरोनाबाट सङ्क्रमित रहेको पाइएको छ । सीमावर्ती क्षेत्रबाट लुकिछिपी नेपाल पस्ने गरेकाले कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको देखिएको छ ।
यस सम्बन्धमा, मुख्यमन्त्री लालबाबु राउतले केही दिनअघि सुरक्षा समितिको बैठक आह्वान गरी भारतीय सीमावर्ती क्षेत्रबाट अनिधिकृत रुपमा पस्न नदिनका लागि सुरक्षा सयन्त्रलाई अझ कडाइ गर्न निर्देशन दिए । साउन १२ गतेसम्म यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ४३३ थियो भने साउन २२ गतेसम्म क्रमिकरुपमा सङ्क्रमितको सङ्ख्यामा वृद्धि भई पाँच हजार ३३५ पुगेको छ । यस प्रदेशको पर्सा जिल्ला सबैभन्दा बढी प्रभावित छ ।
यस प्रदेशमा कोरोनाबाट सङ्क्रमित भएका कारण बिहीबार अपराह्नसम्म २२ जनाको मृत्यु भइसकेको छ । सोमध्ये सवैभन्दा बढी पर्साबाट १४ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा कोरोना सङ्क्रमणको सङ्ख्याको पर्सा, धनुषा र सप्तरी जिल्लामा अत्यधिकरुपमा वृद्धि भएको छ । कर्मचारी, स्वास्थ्यकर्मी, नेपाली सेना र सुरक्षाकर्मीमा विगतको तुलनामा अत्यधिकरुपमा सङ्क्रमित हुन थालेपछि सर्वसाधारणमा थप त्रास बढेको देखिएको छ ।
कोरोना सङ्क्रमणबाट जोगिनका लागि सबैभन्दा पहिले आफू सचेत हुनुपर्ने, विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको उपाय र सचेतना पालना गर्न गराउनेतर्फ सबैलाई सजग भएर जिम्मेवारीका साथ भूमिका निर्वाह गर्नुपर्ने देखिएको रामयुवा कमिटीका पूर्वअध्यक्ष प्रमोदकुमार चौधरीको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
बेमौसमी वर्षात्ले पर्वतमा धानबालीमा क्षति
कात्तिक २०, २०८१ मंगलबार
महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन व्यस्त
कात्तिक २०, २०८१ मंगलबार
समीक्षा स्वरवद्ध 'मुटु रेटियो'मा मुकुन्द भट्ट र स्मारिका अधिकारीको अभिनय
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
तेस्रो पटक म्याद थप गर्न लामिछानेलाई लगियो अदालत
कात्तिक २०, २०८१ मंगलबार
जुवाको खालबाट ९ लाख नगदसहित १५ जना नियन्त्रणमा
कात्तिक २०, २०८१ मंगलबार