मुख्य प्रशासनिक भवनमा सर्वसाधारणको प्रवेशमा रोक
नेपालबहस संवाददाता
साउन २३, २०७७ शनिबार २:१३:४३
२३ साउन, जनकपुर । प्रादेशिक अस्पताल जनकपुरका पाँच जना कर्मचारीसहित प्रदेश नं २ मा चिकित्सक, सेना, प्रहरी, कर्मचरी र कारागारमा रहेको कैदीबन्दीलगायतमा कोरोना सङ्क्रमण भेटिएपछि सबैमा त्रास बढेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा कमलेशप्रसाद यादवले जानकारी दिए ।
प्रदेश नं २ का मन्त्री र कर्मचारीमा कोरोना देखिएपछि मुख्य प्रशासनिक भवनमा ‘मधेश’ भवनमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रदेशसभा सदस्य डा रिना यादव, मुख्यमन्त्री कार्यालय र समाजिक विकास मन्त्रालयका कर्मचारीमा सङ्क्रमण भेटिएपछि प्रदेश नंं २ सरकारको मुख्यालय तथा प्रशासनिक निकाय भएको मधेश भवन सुनसान देखिएको छ ।
कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै मुख्यमन्त्रीसहित केही मन्त्री वर्क फ्रम होम अर्थात् निवासबाटै कार्य सञ्चालनमा जुटेको छन् भने केही मन्त्री आफ्नो गृह जिल्ला पुगेका छन् । मुख्यमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार सङ्क्रमित कर्मचारीहरु आइसोलेशनमा भर्ना भएका छन् भने केही कर्मचारी निवासबाटै काम गरिरहेका छन् । मन्त्रालयका अधिकांश शाखामा ताल्चा लगाइएको छ ।
मधेश भवनको मुख्यद्वारमा सुरक्षार्थ खटेका सुरक्षाकर्मीले सर्वसाधारणलाई भवनमा प्रवेश दिएका छैनन् । मन्त्रीको निर्देशनबमोजिम अनुमतिविना कसैलाई भित्र प्रवेश गर्न दिइएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृतसहित छ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले हालका लागि सो कार्यालय सिल गरिएको सूचना टाँस गरिएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवसहित आठ कर्मचारी, सामाजिक विकास मन्त्रालयका तीन कर्मचारी तथा मुख्यमन्त्री कार्यालयका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अरुमा पनि सङ्क्रमण सर्ने जोखिम देखिएपछि सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
निजामती कानुनले यो अवस्थाको परिकल्पना नगर्दा सफाइपछि झन यता न उता भए बैकुण्ठ अर्याल
कात्तिक १९, २०८१ सोमबार
सबैको मन जोड्ने सेतु छठ पर्व
कात्तिक २०, २०८१ मंगलबार
भरतपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद
कात्तिक २०, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
टेलिकमको पाइपबाट पानी बगेपछि...
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार