सांसद रेशम चौधरीलाई रिहा गर्न तीन महिने अल्टिमेटम, प्रधानमन्त्रीसम्म बहिस्कार पर्ने
नेपालबहस संवाददाता
साउन २४, २०७७ शनिबार २१:२२:६
२४ साउन, कैलाली । डिल्लीबजार कारागारमा जेलजीवन बिताईरहेका थरुहट आन्दोलनका नेता एवं संघीय संसदका सांसद रेशम चौधरीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा भएको छ । बिरामी भएर दुई दिन अघि मात्र वीर अस्पताल भर्ना भएका नेता चौधरीलाई तत्काल रिहा नगरे प्रधानमन्त्रीसम्मलाई बहिस्कार गर्ने चेतावनी थरुहट थारुवान मोर्चाले दिएको छ ।
थरुहट आन्दोलनका बेला नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या र आगजनीमा रुपमा चर्चित टीकापुर घटनाको राजनीतिक रुपमा समाधान निकाल्न थरुहट थारुवान मोर्चाहरुले माग गरेका हुन् ।
शनिबार कैलालीमा पत्रकार सम्मेलन गर्दै मोर्चाले आफूहरुको माग सुनुवाई नभए सरकारलाई नै बहिस्कार गर्ने अल्टिमेटम दिएको छ । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले ३ महिनाभित्र राज्यले सो घटनाको समस्या समाधान नगरे सरकार र सरकारमा रहेका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई बहिस्कार गरिने बताए । प्रधानमन्त्री केपी शर्मा ओली र उनी निकट मन्त्री तथा सांसदलाई थरुहट क्षेत्रमा प्रवेश निषेधसंगै सामाजिक बहिष्कार गर्ने थरुहट थारुवान राष्ट्रिय मोर्चाले चेतावनी दिएको छ ।
टीकापुर घट्नामा मुख्यदोषी ठह¥याई डिल्लीबजार कारागारमा जेल जीवन बिताईरहेका रेशमलाल चौधरीसहितका ११ जनालाई ३ महिनाभित्र रिहा गर्नुपर्ने मोर्चाले माग राखेको छ। साथै मोर्चाले यसका लागि सशक्त संघर्षका कार्यक्रम पनि घोषणा गरेको छ । त्यसबाट उत्पन्न असहज परिस्थितीको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने मोर्चाकाे भनाइ छ ।
जसअनुसार साउन २५ मा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, भाद्र २ मा मानव अधिकार र नागरिक अगुवाहरुसँग छलफल गर्ने, भदौ ७ मा विरोध सभा गर्ने र भदौ ८ टीकापुर घटनालाई स्मरण गर्दै कालो दिनको रुपमा मनाउने उल्लेख छ । त्यसैगरी असोज ३ मा देशव्यापी रुपमा संविधानका धारा जलाउने र त्यतिन्जेलसम्म पनि माग पूरा नभए नयाँ आन्दोलनका कार्यक्रमहरु तय गरिने मोर्चाले जनाएको छ ।
वर्तमान सरकार भ्रष्टचारको अखाडा बनेको बताउँदै संयोजक चौधरीले कोरोना नियन्त्रण, शुसासन, बाढी पहिरो लगायतका बिषयमा गैर जिम्मेवार बनेको उल्लेख गरे । ‘केपी ओली नेतृत्वको सरकार जनताका समस्या र मागको वेवास्ता गर्दै अगाडी बढेकाले आन्दोलनको बिकल्प छैन ।’
जनताका समस्या समाधान गर्ने आन्दोलनका लागि कोरोनाले रोक्न नसक्ने बताए । उनले स्वास्थ्य सावधानी अपनाएर आन्दोलन अघि बढाउने उल्लेख बताए । यो अबधिमा पनि माग पुरा नभए दशै तिहार, छट पछि सशक्तरुपमा निर्णायक आन्दोलन गर्ने तालिका संघर्ष समितिले अगाडी सारेको हाे ।
मोर्चाको आन्दोलनमा नेपाल आदिवासी जनजाती महासंघ प्रदेश समन्वय परिषद्, उत्पीडन समन्वय मञ्च कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली, खसान रास्ट्रिय संघर्ष समिति, नेपाल मगर संघ कैलाली, संघीय दलित शिल्पी मञ्च कैलाली र मिसन अम्बेडकर कैलालीले समेत एक्यबद्धता जनाएको मोर्चाका संयोजक थारुले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार