नारायणी अस्पताललाई ६ वटा नयाँ भेन्टिलेटर उपलब्ध
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार १७:५०:१४
२५ साउन, काठमाडौं । कोरोना संक्रमित गम्भीर विरामीहरूको उपचारार्थ वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ वटा नयाँ भेन्टिलेटर उपलब्ध गराइएको छ। प्रदेश २ मा कतिपय कोरोना संक्रमितको अवस्था गम्भीर देखिन थालेपछि सानो पाइलाको पहलमा भेन्टिलेटरको व्यवस्था गरिएको हो। नारायणी अस्पताललाई उपलब्ध गराइएको भेन्टिलेटर इनभेसिब र नन-इनभेसिब प्रकारका रहेको छ ।
पछिल्ला दिनहरूमा पर्सा जिल्लामा कोरोना भाइरस संक्रमणको प्रकृति र रफ्तार चिन्तित तुल्याउने किसिमको छ। लक्षण देखिएका र दीर्घरोगी संक्रमितलाई कुनै पनि बेला भेन्टिलेटरजडित आईसीयूमा राखेर उपचार गर्नुपर्ने देखिएकाले नारायणी अस्पतालवाट यो सेवा प्रवाह गर्न लागिएको सानो पाइलाको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले गरेको वर्गीकरणअनुसार प्रदेश २ मा लेभल १ का अस्पतालमा ५ र लेभल २ का अस्पतालमा ५ गरी मात्र १० भेन्टिलेटर भएको अवस्था छ। त्यसैले भेन्टिलेटरको अभाव हुन सक्ने देखेर नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरिएको सानो पाइलाका गभर्निङ बोर्ड सदस्य डा राकेश कुमार झाले जानकारी दिए।
सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिससँगको सहकार्यमा नारायणी अस्पताललाई तीन महिनाका लागि भेन्टिलेटर उपलब्ध गराएको हो। काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच सानो पाइलाका सभापति सुदीप कुमार लामा र नेपाल भेन्टिलेटर सर्भिसका सह-संस्थापक डा. विशाल ढकालले सम्झौतामा हस्ताक्षर गरेका थिए।
कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटर सेवा उपलब्ध गराउन सहायता नेपाल र बुढानिलकण्ठ पूर्व विद्यार्थी समाजले आर्थिक सहयोग गरेका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
परम्परागत तरिकाले कोदो केलाउँदै
कात्तिक २०, २०८१ मंगलबार
बेमौसमी वर्षात्ले पर्वतमा धानबालीमा क्षति
कात्तिक २०, २०८१ मंगलबार
महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन व्यस्त
कात्तिक २०, २०८१ मंगलबार
समीक्षा स्वरवद्ध 'मुटु रेटियो'मा मुकुन्द भट्ट र स्मारिका अधिकारीको अभिनय
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
तेस्रो पटक म्याद थप गर्न लामिछानेलाई लगियो अदालत
कात्तिक २०, २०८१ मंगलबार