संक्रमणको जस्तै लक्षण देखिएका दुई जनाको मृत्यु, कोरोना पुष्टि हुन बाँकी
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार २०:४:२१
२५ साउन, जनकपुरधाम । धनुषामा कोरोना भाइरस संक्रमणको जस्तै लक्षण देखिएका दुई जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना अस्पतालका सुरक्षा गार्ड र अर्का नेपाली कांग्रेसका नेता रहेका छन ।
उनीहरूमा केही दिनदेखि रुघाखोकी, टाउको दुख्ने जस्ता लक्षण देखा परेकाे थियाे । धनुषाको मिथिला बिहारी नगरपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित बिनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै, धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय पुरुषको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा मृत्यु भएका उनको पनि स्वाब संकलन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । मृत्यु भएका पुरुष नेपाली कांग्रेसका नेता हुन् ।
धनुषामा यसअघि एक जनाको कोरोना संक्रमित भएर मृत्यु भइसकेको छ । दुई साताअघि शहीदनगरपालिका ८ का ३६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
परम्परागत तरिकाले कोदो केलाउँदै
कात्तिक २०, २०८१ मंगलबार
बेमौसमी वर्षात्ले पर्वतमा धानबालीमा क्षति
कात्तिक २०, २०८१ मंगलबार
महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन व्यस्त
कात्तिक २०, २०८१ मंगलबार
समीक्षा स्वरवद्ध 'मुटु रेटियो'मा मुकुन्द भट्ट र स्मारिका अधिकारीको अभिनय
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
तेस्रो पटक म्याद थप गर्न लामिछानेलाई लगियो अदालत
कात्तिक २०, २०८१ मंगलबार